• २०८१ बैशाख १२ बुधबार

पुन:निर्माणमा अहिलेसम्म एक खर्ब खर्चमध्ये दातृ निकायको ५८ अर्ब २३ अर्ब !

kharibot

काठमाडौँ । विनाशकारी भूकम्पका तीन वर्षमा सरकारले दातृ निकाय र आफ्नै स्रोतबाट हालसम्म एक खर्ब १५ अर्ब ४६ करोड खर्च गरेको छ ।

भूकम्पबाट भएको भौतिक संरचनाको निर्माणका लागि सरकारले आफ्नै स्रोत र विभिन्न दातृ निकायको सहयोगबाट उक्त रकम खर्च गरेको छ । 

प्राधिकरणको भनाईलाई नै मान्ने हो भने, हालसम्म भएको खर्च र हालसम्मको अवधिको तुलनामा पुनर्निर्माणको काम भने सन्तोषजनक मान्न सक्ने अवस्था छैन । भूकम्पका तीन वर्षमा जम्मा १५ प्रतिशत मात्रै निजी आवास निर्माण भएका छन्, भने अन्य सांस्कृतिक सम्पदा, विद्यालय, सरकारी भवन, स्वास्थ्य संस्थालगायतका अन्य भौतिक संरचना निर्माणको काम पनि सन्तोषजनक भएको पाइदैन ।  

सरकारले भूकम्पलगत्तै पुनर्निर्माणको कामलाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सिंगो पुनर्निर्माणका लागि त्यस बेला करिब सात खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरिएको थियो ।

सोहीअनुसार २०७२ असार १० गते आयोजना गरिएको सम्मेलनमा विभिन्न दातृ निकायहरुले अनुदान तथा ऋण सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सोहीअनुसार करिब तीन वर्षको अवधिमा दातृ निकायबाट पुनर्निर्माणका लागि ५८ अर्ब २३ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ, नेपाल सरकारको स्रोतबाट पुनर्निर्माणका लागि ५७ अर्ब २२ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै