• २०८१ बैशाख १३ बिहीबार

माइभ्याली गोल्डकप : सिक्किमलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

kharibot

मंगलबारे । विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चौंथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । 

खेलको १५ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले पहिलो गोल गरे । त्यस्तै खेलको ७१ मिनेटमा फ्रि किकको सदुपयोग गर्दै सिक्किमका तर्फबाट इन्द्रजितले हेडमार्फत गर्दै गोल गरेर नतिजा बराबरीमा पुर्याएका थिए ।

तर, नवयुग श्रेष्ठले खेलको ७६ औँ मिनेटमा आर्मीका लागि दोस्रो गोल गरे । त्यसैगरी नवयुगले दिएको पासलाई सदुपयोग गर्दै भरत खवासले दोस्रो हाफपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेर आर्मीलाई जित दिलाए । 

आर्मीका सन्तोष तामाङ्ग खेलको म्यान अफ दि म्याच हुँदै रु १० हजार प्राप्त गरे । 

बिहीबारको खेल थ्रीस्टार काठमाडौँ र नेपाल प्रहरीबीच हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै