• २०८१ बैशाख १२ बुधबार

ओपोको नयाँ स्मार्टफोन एफ-७ सार्वजनिक, यस्ता छन् फिचर 

kharibot

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले नेपालमा एफसेवेन सार्वजनिक गरेको छ । 

आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी एक्स्पर्टले स्मार्टफोन प्रविधिलाई नयाँ उचाई प्रदान गर्ने कम्पनीको दावी छ । सेल्फी फोटोग्राफीका लागि एफसेवेनले परिस्कृत एआई प्रविधि लगायत एआईमा आधारित अन्य वैकल्पिक फिचर्सको उपयोग गर्छ । 

सुपर फुल स्क्रिन र परिस्कृत मल्टिटास्किङ सफ्टवेयर सहितको एफसेवेनले प्रयोगकर्तालाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्छ । मूल्य ३६ हजार ६ सय ५० निर्धारण गरिएको ओपो एफसेवेन ६४ जीबी, ४ जीबी र्यामका साथमा नेपाली बजारमा सार्वजनिक गरिएको हो । 

अप्रिल २५ देखि सार्वजनिक गरिएका मोबाइल नेपाल भर सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगका विकल्प सहित उपलब्ध हुन कार्यक्रम मार्फत जानकारी दिइयो । कार्यक्रम मार्फत नै ओपोले चाँडै नै नेपाली बजारमा एफसेवन १ सय २८ जीबी, ६ जीबी र्याम सहित सोलार रेड र डायमण्ड ब्ल्याक रंगमा मूल्य ४६ हजार ६ सय ५० मा उपलब्ध गराउने जानकारी दिइएको छ । 

साथै, कार्यक्रम मार्फत कम्पनीले आफ्नो ग्लोबल एक्स्पान्सनका बारेमा समेत जानकारी दिएको थियो । जानकारी अनुसार यसै बर्षको अन्त्य सम्ममा ब्राण्डले यूरोपेली बजारमा प्रवेश गर्नेछ । 

‘सार्वजनिक हुनु अघि देखि हाम्रो नयाँ सेल्फी एक्स्पर्ट तथा लिडर ओपो एफसेवेनका लागि मिडियाका साथी, समर्थक तथा उपभोक्ताबाट प्राप्त मायाँका लागि हामी सबै प्रति निकै आभारी छौँ । ब्राण्डप्रति तपाईँहरुको निरन्तर सहयोगका लागि हामी हार्दिक कृतज्ञता ब्यक्त गर्छौँ ।’ कार्यक्रममा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘नयाँ उत्पादन ओपो एफसेवेनलेपनि हाम्रा पछिल्ला उत्पादनहरुले झैँ नेपाली उपभोक्ताको समग्र माग तथा आवश्यकताको सम्बोधन गर्न समर्थ हुनेमा हामी निकै आशावादी छौँ ।’

ओपो एफ-७ का प्रमुख फिचर :
२५ एमपीका साथमा रियल टाइम सेन्सर एचडीआर
एआई ब्यूटी २.० प्रविधि
१९:९ एस्पेक्ट रेशियो सहितको सुपर फुल स्क्रिन
यूवा पूस्ता लक्षित नौलो डिजाइन
अत्याधुनिक कलरओएस ५.० र शक्तिशाली हार्डवेयर
 

२५ एमपीका साथमा रियल टाइम सेन्सर एचडीआर

एफसेवेनमा रियल टाइम हाइ डायनामिक रेञ्ज (एचडीआर) सेन्सर सहितको २५ एमपी फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । एफसेवेनबाट खिचिएका तस्विर राम्रो गुणस्तर भएका डिजिटल क्यामेराबाट खिचिएका तस्विर झैँ विस्तृत विवरण र उच्च गुणस्तरका हुन्छन् । यसले प्रयोगकर्तालाई हरेक परिस्थितीमा राम्रा तस्विर सहजरुपमा लिन सघाउँने कम्पनीको दावी छ । उमेर र लिंगका आधारमा ब्यूटिफिकेसन ईफेक्ट प्रदान गर्ने एआई ब्युटी २.० सहितका एचडीआर तस्विरले सेल्फी प्रेमीहरुलाई बृहत समेद्ध अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । 

एआई ब्यूटी २.० प्रविधि

ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० प्रविधि प्रयोग गरिएको छ । यसले एफफाइभका तुलनामा थप प्राकृतिक र वास्तविक सेल्फी ब्यक्तिगत ब्यूटिफिकेशन सहित लिन सघाउँछ । एफसेवेनमा थप सटिक फेशियल रिकग्निसन क्षमता, उमेर र लिंगका आधारमा थप परिस्कृत ब्यूटीफिकेसन अनुभव, प्रयोगकर्ताको छनोटका आधारमा आत्म शिक्षण क्षमताका साथै रमाइला फिचर्सपनि उपलब्ध रहेका छन् । 

एआई ब्यूटी २.० प्रविधिले २९६ फेसियल रिकग्निसन प्वाइन्ट्स स्क्यान गरी पछिल्लो संस्करणका तुलनामा २०% सुदृढ र सटिकरुपमा अनुहार पहिचान गर्ने क्षमता राख्छ । यसले चार भिन्न ब्यक्तिको उमेर, लिंग, छालाको रंग र प्रकारको फरक पहिचान अझ विस्तृत रुपमा गर्ने क्षमता राख्छ ।

सबैको आ–आफ्नै सुन्दर पातो हुन्छन्, अब एआई लर्निङले यही पातोको पहिचान गरी हरेक तस्विर तपाईँझैँ सुन्दर होस् भन्ने कुराको सुनिश्चितता प्रदान गर्छ । एआई लर्निङले  तपाईँले आफ्ना तस्विरमा गर्ने परिमार्जनहरुका आधारमा जानकारी संकलन गरी नयाँ तस्विरहरुमा उस्तै परिमार्जन स्वचालित रुपमा समाहित गर्छ । यसले गर्दा नयाँ तस्विर खिच्दा तपाईँलाई तस्विरमा के मनपर्छ (आकर्षक स्किन टोन, नशालु आँखा, आकार) यसले स्वचालित रुपमा तपाईँको आवश्कयता अनुसार परिमार्जन उपलब्ध गराउँछ । 
फोनमा कम्पनीले भिभिड मोडको ब्यवस्थापनि गरेको छ । यसले प्रयोगकर्तालाई तिनको चाहना अनुसार तस्विरमा रंग गाढा वा फिक्का, लुगा तथा पृष्ठभूमीको रंग परिमार्जन गर्ने लगायत सुविधा उपलब्ध गराउँछ । साथै, यसमा रहेको एआर स्टिकर फञ्सनको माध्यमबाट सामाजिक सञ्जालमा सेयर गर्न तयार अवस्थामा प्यारा जनावर तथा मुभी स्टार जस्ता फिचर्सहरुपनि उपलब्ध छन् । 

१९:९ एस्पेक्ट रेशियो सहितको सुपर फुल स्क्रिन

एफसेवेनमा सुदृढ २२८०  ह १०८० रेजोल्यूशन, ६.२३ ईञ्च एफएचडी+ सुपर फुल स्क्रिन उपलब्ध छ । यसले प्रयोगकर्तालाई जीवन्त तथा आकर्षक रंगिन दृष्यको मज्जा लिन सघाउँछ । तुलनात्मक रुपमा ठूलो स्क्रिनको प्रयोग गरिएको भएतापनि यो प्रयोगकर्ताको हत्केलामा आरामले अट्ने किसिमले डिजाइन गरिएको छ । परिमार्जित १९:९ एस्पेक्ट रेसियो सहितको एफसेवेन पहिलो मध्यको एक स्मार्टफोन हो । यसले गर्दा लोकप्रिय रोल प्लेइङ तथा स्ट्र्याटिजी गेममा रहेका ईफेक्टको मज्जा लिन पर्याप्ट एरिया हुन्छ । यसका लागि फोनमा फ्रण्ट क्यामेरा, नयाँ एन्टिना र लाइट सेन्सर सहितको विशेष नट्च्चको ब्यवस्था गरिएको छ । 

फोनमा उपलब्ध गरिएको एप–ईन–एप सुविधाले प्रयोगकर्तालाई गेम खेलिरहेको वा चलचित्रको मज्जा लिइरहेको अवस्थामा विना डिस्टरबेन्स ईनकमिङ कल लिने वा नकार्ने सुविधा उपलब्ध गराउँछ । ओपो एफसेवेनमा रहेको फुल स्क्रिन मल्टिटास्किङ गेस्चरका आधारमा प्रयोगकर्तालाई एप नेभिगेट गराउने उद्योगकै पहिलो मोबाइल हो ।

यूवा पूस्ता लक्षित नौलो डिजाइन

यूवा पुस्ताको फेसन प्रतिको चाखलाई विशेष ध्यानमा राखि ओपो एफसेवेनको डिजाइनिङमा कम्पनीले विशेष ध्यान दिएको छ । प्रयोगकर्ताले आफ्नो प्राथमिकता वा चाहनाका आधारमा फोनको छनोट गर्न सहज होस् भन्ने सोचका साथ कम्पनीले सोलार रेड, मुनलाईट सिल्भर र विशेष डायमण्ड ब्ल्याक एडिशनमा एफसेवेन ६४ जीबी चार जीबी ¥यामका साथमा सार्वजनिक गरेको छ । 

त्यसै गरी स्पेशल एडिशनका रुपमा १२८ जीबी, ६ जीबी ¥याम भ्यारिण्टलाई सोलार रेड र डायमण्ड ब्ल्याक रंगमा सार्वजनिक गर्ने जानकारी दिएको छ । 

फोनको लुक्सलाई थप आकर्षक बनाउने सोचका साथ कम्पनीले यसमा मल्टि–लयर्ड मेटालिक ग्लास ब्याकको प्रयोग गरेको छ । यसले त्रिकोणात्मक कट प्याटन्र्स्का साथमा हिराको झैँ चमक र लाईट रिफ्रयाक्सन गर्छ । साथै, फरक कोणबाट हेर्दा यसले चहकिलो र अंध्यारो सेड्स फाल्छ । नयाँ फोनमा कम्पनीले यस डिजाइन मार्फत उद्योगमै नौलो किसिमको रंग प्रस्तुत गर्ने जमर्को गरेको देखिन्छ । 

अत्याधुनिक कलरओएस ५.० र शक्तिशाली हार्डवेयर

ओपो एफसेवेनमा कम्पनीले ६४ बीट ४ जीबी ओक्टा–कोर प्रोशेसर सहितको रिफाइन्ड सञ्चालन प्रणालीको ब्यवस्था गरेको छ । एण्ड्रोइड ८.१मा आधारित कलर ओएस ५.०मा उत्कृष्ट प्रणाली ब्यवस्थापनका लागि एआई ब्यूल्टईन सफ्टवेयर जडान गरेको छ ।

नयाँ फोनमा कम्पनीले कलर ओएस ५.० एआई पावर म्यानेजरको प्रयोग गरेको छ । यसले एपका आधारमा आवश्यकता अनुसार उर्जा विभाजन गरी फोनलाई उत्कृष्ट अवस्थामा राख्न सघाउँछ । त्यसैगरी, एफसेवेनले पछिल्लो फोन एफफाइभका तुलनमा धेरै एप एकै साथ चलाउनुपर्दा ८०% तिब्र कार्य सम्पादन क्षमता राख्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै