• २०८१ बैशाख ६ बिहीबार

दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले राजीनामा दिए, श्रेयस अय्यर बने नयाँ कप्तान

kharibot

काठमाडौँ ।  आईपीएल टिम दिल्ली डेयरडेभिल्सको निराशाजनक प्रदर्शनपछि कप्तान गौतम गम्भीरले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

आईपीएलका खेल्न बाँकी खेलमा भने युवा ब्याट्सम्यान श्रेयस अय्यरले दिल्लीका लागि कप्तानको भूमिका निर्वाह गर्ने जानकारी दिइएको छ । 

यसअघि दुई पटक कोलकाता नाइटराइडर्सलाई आईपीएल जिताएका गौतम गम्भीरलाई यस पटक दिल्लीले किनेको थियो । यसअघि दिल्लीबाट खेलेका र दिल्लीकै निवासी गम्भीरको टिमको कप्तान बनाइएको थियो ।

गम्भीरले पत्रकार सम्मेलन गर्दै दिल्लीको कप्तानबाट राजीनामा दिएको बताएका हुन् । गम्भीरले पत्रकार सम्मेलनमा यो आफ्नो व्यक्तिगत निर्णय भएको भन्दै आफुले आफ्नो तर्फबाट टिमलाई महत्वपूर्ण योगदान दिन नसकेको बताए । टिमको कप्तान भएकाले हारको जिम्मेवारी लिदै राजीनामा दिएको बताए । 

यस सिजनका १४ खेलमा ६ खेल खेलेको दिल्लीले एक मात्रै खेल जित्दै अंकतालिकामा पुछारमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै