• २०८१ बैशाख ६ बिहीबार

नेपाल बैंकले साढे दुई अर्ब कमायो

kharibot

काठमाडौँ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ । 

बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप रु ९० अर्ब ८१ करोड र कर्जा रु ७९ अर्ब ७१ करोड पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ । 

बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार बैंकले तीन महिनाभित्र मुलुकभरका विभिन्न २७ स्थानमा शाखा स्थापना गर्दैछ । आठ दशक यता अविच्छिन्नरुपमा देशको वित्तिय सेवामा संलग्न यस बैंकले हाल मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिइ १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिग सेवा पुर्याइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै