• २०८१ बैशाख १३ बिहीबार

स्वर्गीय ठकुरी काँग्रेसका सच्चा सिपाही : सभापति देउवा 

kharibot

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता स्वर्गिय चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाई भएको बताएका छन् । चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधवार राजधानीमा गरेको कार्यक्रममा उनले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताएका हुन् । 

‘पूर्व क्षेत्रको पार्टी संगठन निर्माणमा स्वर्गीय ठकूरीको महत्वपूर्ण योगदान रहेको छ’, उनले भने । ठकुरीले देखेको सपना पूरा गरेमात्र उनीप्रति सच्चा श्रद्धान्जली हुने देउवाको भनाइ थियो । पूर्वप्रधानमन्त्री देउवाले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

फाउण्डेशनले गर्ने सामाजिक कामलाई सहयोग गर्न आफू सधैं तयार रहेको उनले बताए । काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनप्रीय नेता स्वर्गीय ठकुरीले पु¥याएको योगदान अतुलनीय रहेको बताइन् । 

नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले ठकुरीसँग विपक्षी दलका व्यक्तिलाई समावेश गरेर अगाडि बढ्ने क्षमता भएको बताए । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसले ठकुरीको अभाव सधै खड्किने बताए ।

ठकुरीका सुपुत्र विमलले बुबाको सपनालाई पूरा गर्ने बताए । ठकुरीका अभिन्न मित्र तथा समाजसेवी दीपककुमार भण्डारीले ठकुरी सबैको मनमस्तिष्कमा बस्न सफल नेता भएको स्मरण गरे । 

फाउण्डेशनका अध्यक्ष गजेन्द्रकुमार लामाले ठकुरीको नाममा सामाजिक काम गर्ने लक्ष्य सहित फाउण्डेशन स्थापना गरिएको बताउनुभयो । फाउण्डेशनका सचिव कृष्णजी खड्का, सदस्य गीता सिंखडा, कांग्रेस नेतृ विष्णुदेवी पुडासैनी लगायतले ठकुरीको योगदानको चर्चा गरे ।

कार्यक्रममा फाउण्डेशनले ठकुरीको स्मृतिमा निकालेको स्मारिका चक्रबहादुर ठकुरीको स्मृतिमाको पूर्व प्रधानमन्त्री देउवाले विमोचन गरे । साथै देउवाले ठकुरीकै सम्झनामा भएको ब्याडमिन्टन प्रतियोगिताको विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

 ठकुरीको २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा रसुवा जिल्लाको केरुङ नाका नजिक निधन भएको थियो । ठकुरी विसं २०६४ मा काठमाडौँ क्षेत्र नं ३ बाट काँग्रेसको तर्फबाट निर्वाचित सांसद थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै