• २०८१ बैशाख १४ शुक्रबार

शान्तिसेना दोषी पाइए सैनिक ऐनअनुसार कारबाही गर्छौँ : नेपाली सेना 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । नेपाली सेनाले दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको मिसन (यूएनएमआईएसएस)को सेक्टर वेष्टअन्तर्गत नेपाली सैनिकबाट यौन अपराध भएको भन्ने घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै सेनाले यसबारे समाचार प्रकाशित भएपछि छानबिन भइरहेको र दोषी पाइए संलग्नमाथि सैनिक ऐनअनुसार कारबाही गर्ने जनाएको हो । 

सेनाले भनेको छ, ‘नेपाली शान्ति सैनिक खटिएको अवेई सुरक्षा बेसमा महिलाहरु पेरिमिटर तारबाट जबर्जस्ती भित्र छिर्न खोज्दा भएको घटना सम्बन्धमा विभिन्न अनलाइन तथा प्रिन्ट मिडियाहरुमा विभिन्न कोणबाट समाचार प्रकाशन भएको प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।’

घटनाको यूएनएमआईएसएस  मिशन मुख्यालयसँगको समन्वय तथा सहकार्यमा छानबिन समिति गठन गरी कार्य अघि बढिसकेको सेनाको भनाइ छ । साथै सेनाले यौन अपराधमा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गरिरहेको भन्दै उक्त छानबिन समितिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐनअनुसार कारबाही गरिने जनाएको छ । 

यसअघि मिसनअन्तर्गत रहेको नेपाली शान्ति सैनिकबाट यौनिक अपराध भएको भन्दै उजुरी परेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै