• २०८१ बैशाख १२ बुधबार

नेप्से १४ सय अंकबाट पुनः झर्‍यो, आधा करोडको सेयर किनबेच

kharibot

काठमाडौं । नेप्से आज बुुधबार पनि घटेको छ । आज नेप्से आठ दशमलव ३९ अंकले घटेर १३ सय ८६ दशमलव ४७ विन्दुमा झर्दा सेन्सिटिभ एक दशमलव पाँच अंकले घटेर दुुई सय ९३ दशमलव १२ विन्दुमा झरेको छ ।

एक सय ६० कम्पनीहरुको पाँच हजार सात सय ६९ वटा कारोबारमा ११ लाख सात हजार पाँच सय १३ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोबार रकम ५६ करोड १४ लाख ६० हजार ७० रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोबार भएकोमा अन्य समुहको सूचकमा शुन्य दशमलव ७२ अंकले सुधार देखिएपनि बाँकी नौ वटा समुहको सूचक उच्च अंकले घटेका छन् । आजपनि उच्च अंकले बीमा समुहको सुुचक घटेको छ ।

उक्त समुहको सूचक ५७ दशमलव २७ अंकले घटेर सात हजार एक सय ४४ दशमलव ६१ विन्दुमा झरेकोमा १३ करोड ९४ लाख ७७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समुहको सूचक पनि पाँच दशमलव नौ अंकले घटेर ११ सय ९८ दशमलव सात विन्दुमा झरेकोमा १७ करोड ६५ लाख २७ हजार रुपैयाँको खरिद बिक्री भएको छ । यसैगरी विकास बैंक समुहको सूचक पनि १६ दशमलव ६५ अंकले घटेर १६ सय १३ दशमलव ३९ विन्दुमा झर्दा दुुई करोड ४२ लाख ४४ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आज जलविद्युुत समुहको सूचक पनि २३ दशमलव नौ अंकले घटेर १७ सय आठ दशमलव १५ विन्दुमा झरेकोमा चार करोड ३८ लाख ३६ हजार दुुई सय रुपैयाँका सेयर खरिद बिक्री भएको छ । होटल, ट्रेडङ, उत्पादनमुुलक, अन्य, फाईनान्स र लघुवित्त समुहको सूचक पनि आज घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य छ रुपैयाँ चार पैसाले बढेर १३ सय ८६ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा परेको रिलायन्स फाईनान्सको सेयर मुल्य छ रुपैयाँ १५ पैसाले घटेर एक सय २३ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधरमा अग्रस्थानमा परेको नेपाल ग्रामिण विकास बैंकको प्रतिकित्ता छ सय ६७ रुपैयाँमा चार करोड २५ लाख १५ हजार आठ सय ३४ रुपैयाँको सेयर कारोबार भएको छ भने ग्लोवल आईएमई बैंकको पनि प्रतिकित्ता तीन सय २१ रुपैयाँमा दुुई करोड १३ लाख ७४ हजार सात सय ७६ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै