• २०८१ बैशाख ७ शुक्रबार

नयाँ चित्र अंकित पाँच सय रुपैयाँ दरको नोट प्रचलनमा 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ चित्र अंकित पाँच सय रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार पाँच सय दरको साविककै आकार र रंगमा तर साविकको दुुईवटा बाघहरुको चित्रको सट्टामा एउटा मात्र पाटे बाघको चित्र रहेको, संकेत नम्बर ङ÷४६ ०००००१ देखि छ÷४०९९९९९९ सम्म्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट ५०० सय रुपैयाँ पाँच सय तुुरुन्तै पाइनेछ, भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट ल्याएको हो । 

राष्ट्र बैंकका अनुसार वैशाख १२ गतेबाट नै पाँच सय दरका नयाँ नोटहरु प्रचलनमा ल्याइएको हो । चलनचल्तीमा रहेका पुराना पाँच सय दरका नोटहरु भने चलनचल्तीमा यथावत नै रहनेछ ।

नयाँ नोटको अग्रभागमा बाँयातर्फ सगरमाथाको चित्र रहेको, नोटको दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको, नोटको तल्लो भागमा गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको, नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्वर २०७३ लेखिएको, ३.५ मिमि चौडाइ भएको रंग परिवर्तन हुुने सुरक्षण धागो रहेको, सगमाथा हिमालको दायाँतर्फको तल्लो भागमा रहेको अण्डाकारभित्र रंग परिवर्तन हुुने कुुवेरको चित्र रहेको, लालीगुराँसको पानीछापको बायाँतर्फ फरक क्षमतामा भएका दृष्टिबिहिनहरुले छामेर नोट पहिचान गर्न सक्ने दुुई वटा कालो थोप्लाहरु रहेको हुुनेछ । 

यसैगरी नोटको स्पष्ट भागअन्तर्गत नोटको माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको बिच भागमा एउटा पाटे बाघको चित्र रहेको, नोटको तल्लो भागमा अंगे्रजीमा रुपिज फाईभ हन्ड्रेड लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्वर अ्रग्रेजीमा २०१६ए.डी लेखिएको हुुने राष्ट्र बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै