क्रियटिभ फोरम फर लिटरेचरको  मंचमा मुक्तान थेवा र सुधेश सत्याल 

खरीबोट

काठमाडौं । युवा केन्द्रित संस्था परिवर्तनका आशाले आयोजना गर्दै आएको  क्रियटिभ फोरम फर लिट्रेचर कार्यक्रमको १२ औ अध्याय मुक्तान थेवा र सुधेश सत्याल लगायतका १३ जना कवि र कवित्रीहरुको कविता वचनले गर्दा बिशेष  रहयो ।

क्रियटिभ फोरम फर लिटरेचर पाक्षिक कवि, कविता र युवाको साहित्यिक भेला हो । जहाँ समसामयिक विषय, समस्याको बारेमा कविता, मुक्तक र गजलको मार्फत प्रकाश पारिन्छ ।

कार्यक्रमको सुरुवात गर्दै परिवर्तनका आशाका अध्यक्ष अजय पाण्डेयले युवाहरु माझ हराउदै गएको भाषा र साहित्य प्रतिको प्रेम र सम्मान पुनः जगाउन यो कार्यक्रम आरम्भ भएको भन्नु भयो । उहाँले परिवर्तनका आशाले गर्दै आएको युवा सशक्तिकरणको कामको बारेमा प्रकः पारेका थिए  ।  

कार्यक्रममा  बरिष्ट कवी तथा उन्मुक्त पुस्ताका अभियन्ता मुक्तान थेवाले गुरु जि,डोल्मा, बाङ्गे सार्की, फर्सीको मुन्टा र तरकारी बाजे" र पुजु जस्ता कविताले वातावरणलाई नै साहित्यमय बनाउनु भयो भने  युवा माझ लोकप्रिय कवि सुधेश सत्यलले ताली नमार्नु, सस्तो भयो जीवन जस्ता कविताले सबैको मन जित्न सफल भएका छन्  ।

भगवान भट्ट, प्रदिप घिमिरे , लक्ष्मण कटवाल, जस्मिन कर्मचार्य, अभिषेक अर्याल, मधुसुदन अन्तर्मुखी, मोहन सरगम, राजेन्द्र घिमिरे सगर, कान्ति न्यौपाने, र अन्य दुई कवि र कवित्रीहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

हरेक अध्याय झैँ त्यसपछिको कार्यक्रममा कवि र त्यहाँ उपस्तित युवाहरु बीच अन्तरक्रिय भएको थियो ।

सन्तोष बस्नेत , गोकुल जोशी र नविन दाहालको नेतृत्वमा हुदै आएको  यो क्रियटिभ फोरम फर लिट्रेचर छिट्टै भारत र बंगालदेशमा पनि हुने र विदेशमा रहेका युवाहरु माझमा नेपाली साहित्य पुर्याउने उदेश्य रहेको परिवर्तनका आशाका सचिव आशिश दाहालले बताएका थिए । 

सम्बन्धित समाचार

लेखक डा. तारालाल श्रेष्ठको “बन्दीपुरदेखि बन्दीपुरसम्म” माथि अन्तरक्रिया सम्पन्न

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा “बन्दीपुरदेखि बन्दीपुरसम्म” पुस्तकका लेखक डा. तारालाल श्रेष्ठसँग पुस्तक वार्ता सम्पन्न भएको छ । विभागका प्रमुख प्रा.डा. अम्माराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम क्रियटिभ

युवाहरुको क्रियटिभ फोरम फर लिटरेचरको  ११औ अध्याय सम्पन्न 

काठमाडौं, युवा केन्द्रित संस्था परिवर्तनका आशाले समीक्षा पब्लिकेसनको प्रांगणमा क्रियटिभ फोरम फर लिट्रेचर कार्यक्रमको ११औ अध्याय सफलताका साथ सम्पन्न भएको छ । क्रियटिभ फोरम फर लिटरेचर पाक्षिक कवि कविता र