• २०८१ बैशाख ७ शुक्रबार

सार्वजनिक सरोकारका बिषयमा मात्र सुचनाको हक आकर्षित हुन्छ : प्रधानमन्त्री ओली

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सरोकारको विषयमा मात्र सुचनाको हक आकर्षित हुने बताएका छन् ।

राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिवेदन बुझ्दै आज बालुवटारमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मानिसका व्यक्तिगत मामिला र आम सरोकार नभएका बिषयमा  सुचनाको हक आकर्षित गर्न नुहने बताएका हुन् । “मानिसका निजी मामिलामा वा आम सरोकार नभएका बिषयमा सुचनाको हक भनेर सबैले थाहा पाउनु पर्छ भन्ने हुदैन” प्रधानमन्त्री ओलीले भने । सुचनाको हक खोज्दा सामाजिक मर्यादा,बैयक्तिक कुरा वा असम्बन्धित बिषयहरुलाई धेरै प्राथमिकता दिनु नहुने बताए ।

अधिकारसंगै कर्तव्य पनि खोज्ने बानी बसाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “अधिकार लिखित हुन्छ कर्तव्य लिखित हुदैन” प्रधानमन्त्री ओलीले भने, “त्यसो भन्दैमा कर्तब्य नै हुदैन भन्ने हैन । यो परिस्थितीले सृजना गर्ने अवस्था हो । ”

प्रधानमन्त्री ओलीले मानिस जहाँ छ त्यहाँको जिम्मेवारी उपयुक्त ढंगले पुरा गर्नु पर्ने सुझाव दिनुभएको छ । “आकांक्ष र सामथ्र्यका बीचमा खाडल छ” प्रधानमन्त्री ओलीले भने “तर यसलाई पुरा गर्न सबै पक्ष तल्लिन भएर लाग्नु पर्दछ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै