• २०८१ बैशाख ८ शनिबार

बलात्कार मुद्दामा ‘बाबा’ आशाराम दोषी ठहर, १० वर्ष जेलदेखि जन्मकैदसम्म सजाय हुनसक्ने 

kharibot

तस्बिर : नवभारत टाइम्स

दक्षिण एसिया । भारत उत्तरप्रदेशकी एक नाबालिग युवतीलाई बलात्कार गरेको मुद्दामा बाबा आशारामलाई विशेष अदालतले दोषी रहेको ठहर गरेको छ ।

आशारामसहित तीन जना बलात्कार मामिलामा दोषी ठहर भएका छन् । यही मामिलामा आशारामका सहयोगी दुई जना प्रकाश र शिवालाई प्रमाण नभएको भन्दै छोडेको थियो भने शरच्चन्द्र र शिल्पी जमानत लिएर जेलबाहिर रहेका छन् । 

नवभारत टाइम्सका अनुसार आशाराममाथि एससीएसटी एक्ट र पाक्सो एक्ट १४ धारामा यो मुद्दा चलिरहेको थियो । उनी दोषी ठहर भएपछि अब आशारामले पाउने सजायमाथि बहस हुने बताइएको छ ।

उनीमाथिा बलात्कार अभियोग प्रमाणित भएसँगै १० देखि जन्मकैदसम्म भोग्नुपर्ने हुनसक्ने भारतीय मिडियाहरुले बताएका छन् । आशाराम अहिले ७८ वर्षका छन्, सोही कारण उनलाई १० वर्ष जेल हुनसक्नेछ । आशारामका प्रवक्ताले अदालतप्रति आफ्नो सम्मान रहेको बताउँदै आफ्नो कानुन व्यवसायीसँग सहकार्य गर्ने बताएको जनाइएको छ । 

आशाराममाथि जोधपुरको मनाई गाउँमा रहेको उनको आश्रममा रहने एक छात्राले आफूमाथि बाबाले यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् । उनलाई २०१३ अगष्ट ३१ देखि जेलमा राखिएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै