• २०८१ बैशाख ७ शुक्रबार

मोहमद सलाहको लिभरपुलमा नयाँ रेकर्ड

kharibot

काठमाडौँ । लिभरपुलका इजिप्टियन स्टाइकर मोहमद सलाहले नयाँ रेकर्ड बनाएका छन् । 

गएराती च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा इटालियन क्लब एएस रोम विरुद्ध दुई गोल गरेका सलाहले यस सिजनमा लिभरपुलको तर्फबाट ४३ गोल गर्दै युरोपका उत्कृष्ट ५ प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

साथै सलाहले यस सिजनको च्याम्पियन्स लिगमामा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोपछि धेरै गोल गरेका छन् । रोनाल्डोले च्याम्पियन्स लिगको यस सिजनमा १० खेलमा १५ गोल गरेका छन् भने सलाहले लिभरपुलकै रोबर्ट फिर्मिनोसँगै १०-१० गोल गरेका छन् । लिभरपुलबाट कुनै खेलाडीले च्याम्पियन्स लिगमा एक सिजनमा १० गोल गरेको यो पहिलो पटक हो ।

त्यस्तै सलाहले च्याम्पियन्स लिगमा ४ गोल असिस्ट पनि गरेका छन् । रोमाविरुद्ध पहिलो लिगमा ३ गोलको अग्रता लिन सलाहले गरेको सुरुवाती २ गोलको ठुलो भूमिका थियो ।

साथै यस खेलमा फिर्मिनोको लागि एक गोल असिस्ट पनि गरेका थिए । यसै सिजनमा रोमाबाटै लिभरपुल आएका सल्लाहले यस सिजनमा खेलेका ३२ खेलमा गोल गर्दै लिभरपुलको रेकर्ड लाई तोडेका छन् । यस अघि १९८३-८४ मा लिभरपुलका लागि एक सिजनमा ३१ खेलमा गोल अग्रने रेकर्ड इआन रशको नाममा थियो । रशकै नाममा रहेको एक सिजनमा ४७ गोल गर्ने रेकर्ड तोड्न भने सलाह अझै ४ गोल टाढा रहेका छन् ।

सलाहले लिभरपुलका लागि अहिलेसम्म ४७ खेल खेल्दै कुल ४३ गोल गरेका छन् । यसअघि रोम का लागि कुल ८३ खेल खेल्दै ३४ गोल गरेका २५ बर्षिय सलाहले गएराती रोमाविरुद्ध नै २ गोल गरेर रोमालाई अप्ठ्यारोमा पारिदिएका छन् ।

सलाहले सिजन २०१२-१३ र २०१३-१४ का लागि चेल्सीबाट पनि खेलेका थिए । उनले चेल्सीमा दुई सिजनमा केबल १९ खेल खेल्दै २ गोल गरेका थिए ।
सलाहले राष्ट्रिय टिम इजिप्टका लागि अहिलेसम्म ५७ खेलमा ३३ गोल गरेका छन् । 

यसबर्ष उत्कृष्ट फर्ममा रहेका सलाहले यसबर्षको प्रिमियर लिगको उत्कृष्ट खेलाडीको उपाधि पिएफए बर्ष खेलाडीको उपाधि जितिसकेका छन् ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै