ललिताले बिहेको २५ वर्ष बित्दा पनि पाइनन् नागरिकता

खरीबोट
ad

गौशाला ।  महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् । 

पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार सन्तान पनि रहेका छन् तर उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । 

धनुषा जिल्लाको खरिहानी माइती रहेकी ललिताले २०५० सालमा शत्रुघन पासवानसँग विवाह भएको र सोही बेलादेखि नागरिकता बनाइदिन पतिलाई पटकपटकभन्दा पनि आज, भोलि भन्दाभन्दै २५ वर्ष बितिसकेको ललिताले बताइन् । किन नागरिकता नबनाइदिएको भन्ने कारण खुल्न सकेको छैन । 

गरीब र दलित परिवारकी ललिताले नागरिकताको अभावमा आफूले गाउँमा दलितका लागि आउने विभिन्न कार्यक्रममा सहभागी हुन नपाएको, छोराछोरीले स्कूल पढ्न नपाएको तथा अन्य विभिन्न सुविधाबाट समेत वञ्चित भएको गुनासो सुनाइन् । 

ललिताको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता किन नबनाइदिएको भनी उनका पति शत्रुघनसँग सोध्दा उनले पुनः आउँदो १५ दिनभित्र बनाइदिने बताए । 

सम्बन्धित समाचार

महोत्तरीको हाट बजारमा सिक्का चल्दैन !

गौशाला / केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ ।  जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन्

महोत्तरीमा बिरामी कराइरहन्छन इमर्जेन्सीमा जादैनन् डाक्टर

गौशाला / महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् ।  अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् ।

एक शिक्षकको भरमा विद्यालय सञ्चालन

महोत्तरी ।  महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ । वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा रहँदै आएको छ

महोत्तरीमा उखुको भुक्तानी रोकेको विरोधमा कृषकको आन्दोलन घोषणा

महोत्तरी / उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।  गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १

Loading...

Loading...