• २०८१ बैशाख ४ मंगलबार

नौ हजार नेपालीलाई अमेरिका छोडाउने ट्रम्प प्रशासनको तयारी : वासिङटन पोष्ट 

kharibot

काठमाडौं । अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले अस्थायी आवास अनुमति पाएका करिब नौ हजार नेपालीहरुलाई नेपाल पठाउने तयारी गरेको छ ।

अमेरिकाको चर्चित पत्रिका वासिङटन पोष्टको अनलाइन संस्करणमा जनाइएअनुसार विभिन्न बहानामा प्रोभिजनल स्टाटस पाएर अमेरिकामा बस्दै आएका विदेशीलाई उनीहरुकै देश फिर्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो पछिल्लो क्रियाशीलता हो । 

पोष्टका अनुसार होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिष्टजेन निल्सेनले उक्त संख्याका नेपालीलाई स्वदेश फिर्ताको तयारी गर्न निश्चित समयसीमा दिने तयारी गरेकी छिन् । नेपालीहरुले आगामी २०१९ को जुन २४ सम्म पनि स्वदेश फिर्ता नभए त्यसपछि अमेरिकी सरकारले बल प्रयोग गरेरै स्वदेश फिर्ता पठाउनेछ । 

अमेरिकामा नेपालीहरुले २०७२ वैशाख १२ को भूकम्पपछि अस्थायी रुपमा बस्ने अनुमति (टेम्पोररी प्रोटेक्टेट स्टाटस–टीपीएस) पाएका छन् । यो कानुनी रुपमा प्राप्त अधिकार हो । अमेरिकामा प्राकतिक प्रकोप, सशस्त्र संघर्ष तथा अन्य आपतविपतका कारण छिन्नभिन्न भएका विदेशीहरुलाई अस्थायी आश्रय दिनको लागि सन् १९९० मा अमेरिकी संसदले टीपीएसको व्यवस्था गरेको थियो । 

यद्यपि नेपालीहरुको टीपीएस रद्द गर्ने या बढाउने भन्नेबारे भने अन्य देशको तुलनामा ट्रम्प एडमिनिस्ट्रेसनले कम ध्यान दिएको छ । डीएचएस अधिकारीहरुका अनुसार निल्सेनले नेपालीहरुको टीपीएस स्टाटसबारे कुनै निर्णयमा हस्ताक्षर गरिसकेकी छैनन् ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएदेखि नै विदेशीप्रति अनुदार देखिँदै आएकामा उनका कतिपय अतिवादी सहयोगीहरुले टीपीएस प्रोटेक्सन नै हटाउने प्रयास जारी राखेका छन् । पछिल्ला महिनामा मात्रै डीएचएसले दुई लाख साल्भाडोरान, ५० हजार हैटियन र केही सानो संख्यामा निकारागुआन र सुडानीहरुको टीपीएस रद्द गरेको थियो । 

सरकारी अधिकारीहरुले टीपीएस प्रणाली विदेशीलाई सधैँभरि अमेरिका बस्न दिनका लागि नभएको जनाएका छन् । यद्यपि टीपीएस प्रणालीको पछिल्लो अवस्थाबारे डीएचएसले स्टेट डिपार्टमेन्टबाट यो प्रणाली लागू गरिएका देशको अवस्थाबारे बुझेर मात्र यसबारे निर्णय लिनुपर्ने अमेरिकी कानुनी व्यवस्था रहेको छ । 

निल्सेनले गत जनवरीमै ट्रम्प एडमिनिस्ट्रेसनले हरेक देशको टीपीएस स्टाटस अध्ययन गर्ने जनाएकी थिइन् । उनले त्यतिबेला ६ हजार सिरियालीको टीपीएस अवधि बढाउने क्रममा सो कुरा बताएकी थिइन् । 

निल्सेनसँग ५७ हजार टीपीएस नागरिकबारे निर्णय गर्न मे ६ सम्मको समय रहेको छ, उनीहरु होन्डुरसका हुन् भने दुई दशकदेखि अमेरिका बस्दै आएका छन् । ट्रम्प एडमिनिष्ट्रेसनले उनीहरुको प्रोटेक्सन अन्त्य गर्ने संकेत गरेको छ । 

यद्यपि नेपालीहरुको टीपीएस रद्द गर्ने या बढाउने भन्नेबारे भने अन्य देशको तुलनामा ट्रम्प एडमिनिस्ट्रेसनले कम ध्यान दिएको छ । २०७२ को भूकम्पपछि करिब १५ हजार नेपालीले टीपीएस स्टाटस पाएका भए पनि अहिले नौ हजार नेपालीसँग मात्रै त्यो स्टाटस रहेको संसदीय अनुसन्धान सेवाले अनुमान गरेको छ । 

अमेरिकामा धेरै नेपालीहरु न्युयोर्क सिटीमा रहेका छन् । 

डीएचएस अधिकारीहरुका अनुसार निल्सेनले नेपालीहरुको टीपीएस स्टाटसबारे कुनै निर्णयमा हस्ताक्षर गरिसकेकी छैनन् । तर डीएचएसको भित्री कागजातले भने उनीहरुलाई स्वदेश फिर्ता गराउने संकेत गरेको छ । आगामी केही दिनमै यसबारे निर्णय हुनसक्नेछ । 

डीएचएस सेक्रेटरीले टीपीएस अवधि सकिनु ६० दिनअगावै निर्णय गरिसक्नुपर्नेछ । नेपालको हकमा भूकम्प आएको आजकै दिन टीपीएस स्टाटस दिएको दिन हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै