• २०८१ बैशाख १२ बुधबार

सनराइजर्स हैदरावाद हार्यो मुम्बई, राशिद बने म्यान अफ द म्याच   

kharibot

काठमाण्डौँ । आइपिएल अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।  

गएराती भएको खेलमा हैदरावादले लो स्कोरिंग खेलमा मुम्बईलाई ३१ रनले पराजित गरेको हो ।  हैदरावादले दिएको ११९ रनको लक्ष्य पिछा गरेको मुम्बई १८.५ ओभरमा केबल ८७ न बनाउदा अल आउट भएको थियो । 

मुम्बईलाई अल आउट गर्ने क्रममा अफगानिस्तानका बलर राशिद खान र सिद्धार्थ कौलले उत्कृष्ट बलिंग गरेका थिए ।  कौलले ३ र रशिदले २ विकेट लिएका थिए । त्यस्तै बसिल थम्पीले पनि २ विकेट लिएका थिए । त्यस्तै सन्दीप शर्मा, मोहमद नाबी र सकिब अल हसनले एक एक विकेट लिएका थिए । 

मुम्बईका लागि सूर्यकुमार यादव र क्रुनाल पाण्डेयले मात्र दोहोरो अंकको रन बनाएका थिए ।  यादवले ३४ र पाण्डेयले २४ रन बनाएका थिए । 

यस अघि टस  हारेर पहिला ब्याटिंग गरेको हैदरावाद १८.४ ओभरमा ११८ रन बनाउदा अल आउट भएको थियो ।  हैदरावादका लागि कप्तान केन विलियम्सन र युसुफ पठानले २९-२९ रन बनाएका थिए भने मनिष पाण्डेले १६ र मोहमद नाबीले १४ रन बनाएका थिए । 

मुम्बईका बलर मयंक मार्कंडे, हार्दिक पाण्डेय र म्याकघेलनले २-२ विकेट लिएका थिए भने जस्प्रित बुम्राह र मुस्ताफिजुर रहमानले एक एक विकेट लिएका थिए । 

४ ओभरमा एक मेडन सहित केबल ११ रन दिएर २ विकेट लिएका राशिद खान खेलको म्यान अफ द म्याच बनेका थिए । 

यससँगै हैदरावादले यस सिजनमा ६ खेलमा ४ जित र २ हारसहित ८ अंक बटुल्दै तेस्रो स्थानमा पुगेको छ भने मुम्बई ६ खेलमा एक जित र ५ हार सहित केबल २ अंक सहित सातौ स्थानमा रहेको छ ।     

आइपिएलअन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपरकिग्सका बीच खेल हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै