• २०८१ बैशाख १४ शुक्रबार

फार्मेसी अधिकृत रु ५० हजार घुससहित पक्राउ

kharibot

नेपालगन्ज । नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । 

मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको हो । 

आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार फार्मेसी अधिकृत भट्टराईलाई उनकै कार्यकक्षबाट घुससहित पक्राउ गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै