मेसी बने यसबर्ष धेरै कमाउने फुटबलर, रोनाल्डोले भन्दा २८ मिलियन बढी कमाए 

खरीबोट
ad

काठमाडौँ । लियोनेल मेसीले यस सिजनमा क्रिस्टियानो रोनाल्डोले भन्दा २८ मिलियन पाउण्ड बढी कमाई गरेको रिपोर्ट सार्वजनिक भएको छ । 

फ्रान्स फुटबलले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार मेसीले सय मिलियन पाउण्डको ब्यारियरलाई तोड्दै २०१७-१८ सिजनमा ११० मिलियन पाउण्ड कमाई गर्ने भएका छन् । 

योसँगै मेसी यसबर्ष सबै भन्दा बढी कमाई गर्ने फुटबलर बनेका छन् । मेसीको यो कमाईमा उनको बार्सिलोनाबाट आउने पारिश्रमिक, स्पोन्सर सम्झौता र बोनस इत्यादी रहेको उल्लेख गरिएको छ ।

फुटबलमा सधै एक अर्काका प्रतिद्वन्दी रहेका रोनाल्डोलाई यस पटक मेसीले जितेका छन् । मेसीले बार्सिलोनामा गरेको नयाँ सम्झौता अनुसार पनि मेसीको कमाई बढेको हो ।

मेसीले २०२१ सम्मका लागि बार्सिलोनामा ६२६ मिलियन पाउण्डको रिलिज क्लजसहित सम्झौता गरेका छन् । साथै मेसीले बार्सिलोनामा ८० मिलियन साइनिंग बोनस पनि लिएका थिए ।

यस सुचिमा रोनाल्डो ८२ मिलियन पाउण्ड कमाई गर्दै दोस्रो स्थानमा रहेका छन् ।  धेरै कमाई गर्ने फुटबलरको तेस्रो स्थानमा पिएसजीबाट खेल्ने ब्राजिलियन नेइमार रहेका छन् । उनको कमाई ७१ मिलियन पाउण्ड रहेको छ ।

त्यस्तै सुचीको चौथो स्थानमा रियल म्याड्रिडकै ग्यारेथ बेल रहेका छन् । उनले ३९ मिलियन पाउण्ड कमाई गरेका छन् । त्यस्तै पाचौ स्थानमा बार्सिलोनाका जेरार्ड पिके रहेकाछन् उनले २५ मिलियन पाउण्ड कमाई गरेका छन् ।

यस सूचिको टप फाइभमा प्रिमियर लिग क्लबका कुनै खेलाडी परेका छैनन् । 

त्यसैगरि धेरै कमाई गर्ने म्यानेजरमा भने म्यानचेस्टर युनाइटेडका जोसे मोरिन्होले बाजी मारेका छन् । मोरिन्होले यस सिजनमा २३ मिलियन पाउण्ड कमाई गरेका छन् । त्यस्तै चीनियाँ राष्ट्रिय फुटबल टिमका म्यानेजर मार्सेलो लिप्पीले २० मिलियन पाउण्ड कमाई गर्दै दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै एथलेटिको म्याड्रिडका म्यानेजर डिएगो साइमेअनले १९ मिलियन कमाई गर्दै तेस्रो स्थानमा छन् भने रियल म्याड्रिडका जिनेदिन जिदानले १८ मिलियन र म्यान्चेस्टर सिटीका पप गार्डियालाले १७.५ मिलियन पाउण्ड कमाई गर्दै सूचिको चौथो र पाचौ स्थानमा रहेका छन् ।    
 

सम्बन्धित समाचार

मेसीको अर्जेन्टिनाको जर्सी लिएर फ्यान पुगे सर्वोच्च शिखर सगरमाथामा 

काठमाडौँ । अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनेल मेसीको जर्सी सगरमाथामा पुर्याइएको छ ।  मेसीका फ्यान डान जेंगलुओबुले सगरमाथामा पुगेर मेसीको जर्सीसहितको तस्बिर मेसीले सामाजिक संजालमा सेयर गर्दै मेसीले धन्यवाद दिएका छन् ।  डान

फुटबलर मेसी समकक्षी साथी इनिएष्टाको विदाइ सम्मानमा दर्शकलाई अभिवादन गर्दै  

बार्सिलोना क्लबका अर्जेन्टिनी फरवार्ड लिओनल मेसी क्लबका समकक्षी मिडफिल्डर आन्ड्रेज इनिएष्टाको विदाइमा दर्शकलाई अभिवादन गर्दै । आइतबार बार्सिलोनाको क्याम्प नाउ स्टेडियममा लिगको अन्तिम खेल रियल सोसिडाडसँग खेलेपछि इनिएष्टाप्रति क्लबले सम्मान गरेको

मेसीले जिते पाँचौ पटक युरोपियन गोल्डेन सुज  

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले यस सिजनको युरोपियन गोल्डेन सुज जितेका छन् ।  युरोपका लिगहरु मध्ये यस सिजनमा धेरै ३४ गोल गरेका मेसीले शिर्ष स्थानमा रहदै युरोपियन गोल्डेन सुज

नेइमार रियल म्याड्रिड गए त्यो दुखद हुने छ – लियोनेल मेसी 

काठमाडौँ । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले आफ्ना बार्सिलोनाका पुर्वसहकर्मी नेइमारले रियल म्याड्रिडमा गए त्यो दुखद हुने बताएका छन् । नेइमार यस सिजनमा रियल म्याड्रिड जान लागेको रिपोर्ट आइरहेका बेला मेसीले आफ्ना

Loading...

Loading...