• २०८१ बैशाख १३ बिहीबार

नेप्से १६ अंकले झरेपछि सेयरबजारमा ट्रेडिङबाहेकका सूचक राता

kharibot

काठमाडौं । नेप्सेमा आज पनि गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक तथा कारोबार रकम दुवै घटेका छन् । नेप्से १५ दशमलव ९९ अंकले घटेर १३ सय ९४ दशमलव ८६ विन्दुमा झर्दा सेन्सिटिभ तीन दशमलव ४२ अंकले घटेर दुई सय ९४ दशमलव ६२ विन्दुमा झरेको छ ।

आज कुल एक सय ७० कम्पनीहरुको सात हजार आठ सय २५ वटा कारोबारमा १७ लाख १९ हजार आठ सय कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँमा सिमित रहन पुगेको छ । 

आज १० वटा वटा समूहको कारोबार भएकोमा टे«डिङ समूहको सूचकमा दुई दशमलव ८७ अंकले सुधार देखिएपनि बाँकी नौ वटा समूहको सूचक घटेकाछन । उच्च अंकले घटेको बीमा समूहको सूचक ७६ अंकले घटेर सात हजार दुई  सय एक विन्दुमा झर्दा २२ करोड ९६ लाख १३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ८५ अंकले घटेर १२ सय तीन दशमलव ९७ विन्दुमा झर्दा २१ करोड १५ लाख ६८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि २७ दशमलव ७९ अंकले घटेर १६ सय ३० दशमलव चार विन्दुमा झर्दा तीन करोड २० लाख ४४ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युत समूहको सूचक पनि १३ दशमलव एक अंकले घटेर १७ सय ३१ दशमलव २४ विन्दुमा झर्दा पाँच करोड ३६ लाख १३ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

होटल, उत्पादनमुलक, अन्य, लघुवित्त र फाईनान्स समूहको सूचकमा पनि आज गिरावट आएको छ । आज बढी कमाउने कम्पनीको सुचीमा परेको नेशनल माईक्रो फाईनान्स वित्तीय संस्थाको सेयर मूल्य छ रुपैयाँ ५३ पैसाले बढेर २५ सय १४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको साँग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य पाँच रुपैयाँ ३६ पैसाले घटेर एक सय ९४ रुपैयाँमा सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको  सेञ्चुरी कर्मसियल बैंकको प्रतिकित्ता एक सय ९८ रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ७६ लाख ३७ हजार छ सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १२ सय रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ६३ लाख २० हजार दुई सय ७२ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै