• २०८१ बैशाख ८ शनिबार

लक्ष्मी बैंकको तेस्रो त्रैमासिक नाफा ८० करोड २६ लाख

kharibot

काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८० करोड २६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ६४ करोड १३ लाख १५ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी आठ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६३ अर्ब २६ करोड ८३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ६९ करोड २९ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

घरजग्गा क्षेत्रमा एक अर्ब ८० करोड ५१ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब ५४ करोड ९५ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम २३ करोड ४८ लाख ७२ हजार रुपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दसमलव १६ प्रतिसत रहेको छ । 

गत आवको सोही अवधिमा भने बैंकले ५८ अर्ब २३ करोड पाँच लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब चार करोड ७० लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै