• २०८१ बैशाख ७ शुक्रबार

नेपाल एसबिआई बैंकले नौ महिनामा कमायो एक अर्ब ३८ करोड नाफा 

kharibot

काठमाडौं । नेपाल एसबिआई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३८ करोड २५ लाख एक हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब १० करोड ४४ लाख रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी आठ अर्ब चार करोड ६९ लाख पाँच हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासमा ८३ अर्ब ६५ करोड ८० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब  पाँच करोड २७ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा चार अर्ब ९४ करोड ३५ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा दुई अर्ब ९० करोड तीन लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम १५ करोड १३ लाख ६१ हजार रुपैयाँ रहेको बैंकको राइट ब्याक रकम ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव १३ प्रतिसत रहेको छ । 

गत आवको सोही अवधिमा भने बैंकले ८५ अर्ब ४६ करोड ७३ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ७१ करोड ५२ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुई अर्ब १९ करोड ५७ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै