• २०८१ बैशाख ७ शुक्रबार

गुणस्तरीय शिक्षा प्रदान गर्न नेता सिंहको आग्रह

kharibot

काठमाडौँ  ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताएका छन्  ।  

रत्नराज्य माविको ५७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटामा सत्तामा बसेका र विपक्षी दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिए । 

सांसद सिंहले रत्नराज्य विद्यालय नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको बताउँदै अझै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे । सो अवसरमा उक्त विद्यालयमा पढेर मुलुकका उच्च ओहदामा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै