• २०८१ बैशाख ७ शुक्रबार

एभर्टनको जितमा थियो वालकटको निर्णायक गोल 

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । 

गएराती भएको खेलमा एभर्टनले थियो वालकटको गोलमा न्युक्यासलमाथि जित हासिल गरेको हो ।

आफ्नो घरेलु मैदानमा खेलेको एभर्टनका लागि खेलको ५१औ मिनेटमा वालकटले खेलको एक मात्र गोल गर्दै जित दिलाएका थिए । वालकटले प्रिमियर लिगका पछिल्ला ९ खेलमा ५ गोल गरेका छन् भने ५ गोल असिस्ट गरेका छन् ।

जित पछि एभर्टनले लेस्टर सिटीलाई उछिन्दै लिगको अठौ स्थानमा उक्लिएको छ । एभर्टनको ३४ खेलमा ४५ अंक रहेको छ ।

न्युक्यासल युनाइटेड भने लिगको १०औ स्थानमा रहेको छ । न्युक्यासलको ३४ खेलमा ४१ अंक रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै