• २०८१ बैशाख ८ शनिबार

घरेलु मैदानमा पनि हार्यो दिल्ली, पंजाव ४ रनले विजयी  

kharibot

काठमाडौं । आइपिएल अन्तर्गत दिल्ली डेयरडेभिल्स पराजित भएको छ । 

गएराती घरेलु मैदान दिल्लीको कोटला मैदानमा किंग इलेभेन पंजावसँग दिल्ली ४ रनले पराजित हुदै प्रतियोगितामा पाचौ हार बेहोरेको छ । 

यस खेलमामा आफ्नो टिममा ५ परिवर्तन गरेको दिल्लीलाई पंजावले अन्तिम ओभरमा पराजित गरेको छ ।

पंजावले दिएको १४४ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन मात्र बनाएपछि पंजाव ४ रनले विजयी भएको थियो । 

अन्तिम ओभरमा जितका लागि १७ रन बनाउनु पर्नेमा अफगानिस्तानका १७ बर्षिय मुजीब उर रहमानले दिल्लीका श्रेयस ऐयरविरुद्ध उत्कृष्ट बलिङ गर्दै केबल १२ रन दिदै श्रेयसलाई आउट गरेपछि दिल्ली पराजित भएको थियो ।

दिल्लीका लागि श्रेयसले सर्वाधिक ५७ रन बनाएका थिए भने राहुल तिवातियाले २४ र पृथिव शाहले २ रन बनाएका थिए । पंजावका बलर अंकित राजपुत, एन्ड्री टायर र मुजीब उर रहमानले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पंजावले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन बनाएको थियो । पंजावका लागि करुण नायरले सर्वाधिक ३४ रन बनएका थिए भने डेभिड मिलरले २६, केएल राहुलले २३ र मयंक अग्रवालले २१ रन बनाएका थिए ।

दिल्लीका बलर लियाम प्लुंकेटले डेभ्यु खेलमा ३ विकेट लिएका थिए भने टोरेन्ट बोल्ट र अवेश खानले २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच पंजावका अंकित राजपुत बनेका थिए । अंकितले ४ ओभर बलिङ गर्दै २३ रन दिएर २ विकेट लिएका थिए । अंकितले दिल्लीका पृथिव शाह र ग्यालेन म्याक्सवेललाई आउट गरेका थिए । 

यस खेलमा जितसँगै पंजाव ६ खेलमा ५ जित र एक हार सहित १० अंक बटुल्दै अंकतालिकामा शिर्ष स्थानमा पुगेको छ । त्यस्तै दिल्ली भने ६ खेलमा ५ हार र एक जितसहित अंक तालिकाको पुछारमा रहेको छ ।

आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ ।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै