• २०८१ बैशाख १४ शुक्रबार

सुर्खेतमा माइक्रोबस दुर्घटना हुदाँ आठ जना घाइते

kharibot

सुर्खेत । भेरीगंगा नगरपालिका–२ मा माइक्रोबस र बस एकआपसमा ठोक्किँदा आज आठ जना घाइते भएका छन् । 

नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे १ ख ६५५७ नं को माइक्रोबस र विपरीत दिशातर्फ गइरहेको भे १ ख २२६७ नं बस एक आपसमा ठोक्किँदा माइक्रोबसमा सवार पाँच र बसमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेमध्ये पाँच जनाको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै