• २०८१ बैशाख ८ शनिबार

बार्सिलोनामा आन्द्रे इनेस्टा : १६ बर्ष ३१ उपाधि, ३२औं को तयारी

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगमा अप्रत्याशित बहिर्गमनपछि बार्सिलोनाले शनिबार राति कोपा डेल रेको उपाधि जितेर घाउमा मलम लगाउने प्रयास गर्यो । 

तर कोपाको उपाधि उचाल्द नउचाल्दै बार्सिलोनाका लिजेण्ड प्लेमेकर आन्द्रे इनेस्टाले क्लब छोड्ने खबरले बार्सिलोनाको खुशीमा केहि खल्लोपन ल्यायो ।

इनेस्टाले आँखा भरी आसु पारेका तस्बीर एकाएक भाइरल भए । लियोनेल मेसी लगायत अन्य खेलाडीहरुले इनेस्टालाई विदाई भावमा अँगालो हालेका दृश्यले सबैले सजिलै अनुमान लगाए इनेस्टाको यो बार्सिलोनामा अन्तिम फाइनल हो ।

आधिकारिक रुपमा क्लब र इनेस्टा दुवैले यसबारे जानकारी नदिएपनि इनेस्टाले क्लब छोड्ने लगभग तय भएको छ । खेलपछि उनले यसै हप्ता निर्णय लिने बताएका छन् भने क्लबका अध्यक्षले पनि इनेस्टा लाई चीनियाँ क्लबबाट अफर आएको र यसबारे उनले नै निर्णय गर्ने बताएका छन् । बार्सिलोनामा इनेस्टाको जीवनभरको सम्झौता रहेको भन्दै अध्यक्षले लब छोड्ने इनेस्टा ले निर्णय गरेमा त्यसको स्वागत गर्ने बताएका छन् ।

इनेस्टा यस्तो छ प्रदर्शन :

विश्व फुटबलमा धेरै कम खेलाडी हुन्छन जो व्यावसायिक रुपमा एकै क्लबबाट आफ्नो क्यारियर अन्त्य गर्छन । इनेस्टाले बार्सिलोनामा क्यारियरको अन्त्य नगरेपनि आफ्नो जीवनको महत्वपूर्ण १६ बर्ष बार्सिलोनाको सिनियर टिमका लागि खेलेका छन् । भने बार्सिलोनाको बि टिमका लागि २ बर्ष खेलेका छन् ।

यसरी एउटै क्लबमा १८ बर्ष बिताएका इनेस्टा बार्सिलोनाका मेरुदण्ड नै हुन् । त्यसैले उनका र बार्सिलोनाका फ्यान उनको क्लबबाट बहिर्गमन हुने खबरले दुखि भएका हुन् । 

क्लबमा उनको भूमिका एउटा प्ले मेकरको रह्यो । बार्सिलोनाका लागि १६ बर्षको सिनियर टिमको क्यारियरमा इनेस्टाले सबथोक हासिल गरे जो एउटा खेलाडीको सपना हुन्छ । क्लबलाई यसअवधिमा विभिन्न ३१ उपाधि जिताए । बार्सिलोनाका लागि खेलेको अन्तिम फाइनल भनिएको खेलमा उनले गोल समेत गरे ।

बार्सिलोनामा इनेस्टाले ८ ला लिगा, ६ कोपा डेल रे, ७ सुपर कोपा, ४ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कोपा, ३ फिफा क्लब विश्वकप जितेका छन् भने यस सिजनको ला लिगा उपाधि जित्ने निश्चित प्राय रहेको छ ।

इनेस्टाले ला लिगामा २००९, २०११, २०१२, २०१३ र २०१४ मा गरि ५ पटक ला लिगाको उत्कृष्ट अट्याकिङ मिडफिल्डरको उपाधि जितेका छन् भने सन २००९ मा ला लिग को उत्कृष्ट खेलाडीको उपाधि जितेका चाहन । त्यस्तै उनले सन २००९ मा युरोपको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।

त्यस्तै २०१२ र २०१३ मा विश्वको उत्कृष्ट प्लेमेकरको उपाधि पनि जितिसकेका छन् । त्यस्तै इनेस्टा बेलुन डो अरमा २०१० मा दोस्रो स्थानमा आएका थिए भने २०११ मा चौथो र २०१२ मा तेस्रो स्थानमा रहेका थिए ।

बार्सिलोनाका लागि इनेस्टाले कुल ६७० खेल खेल्दै ५७ गोल गरेका छन् । जसमा ला लिगामा ४३८ खेलमा ३५ गोल गरेका छन् ।

आफ्नो राष्ट्रिय टिमका लागि इनेस्टाले १२४ खेल खेल्दै १३ गोल गरेका छन् जसमा २०१० को फिफा विश्वकपको फाइनलमा नेदरल्याण्डविरुद्ध अतिरिक्त समयको चौथो मिनेटमा इनेस्टाले गोल गर्दै स्पेनलाई विश्वकपको उपाधि दिलाएका थिए ।   

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै