प्रतिकूल मौसमका कारण रसुवामा २० उडान रद्द

खरीबोट

 

रसुवा, ऋषितर्पणी वा रक्षाबन्धनमा गोसाइँकुण्डमा जाने तीर्थयात्री बोक्ने हेलिकप्टरहरु प्रतिकूल मौसमका कारण शुक्रबार त्यहाँ उडान भर्न सकेनन् ।

एअर डाइनेस्टी, हेलि अल्टिच्युड, हेलि एभरेष्ट, श्रीएअरलाइन्ससमेत कम्पनीका करिब २० उडान रद्द भएको डाइनेस्टीका उडान प्रबन्धक बालकृष्ण पण्डितले बताए । प्रतिउडान पाँच जनाको दरले उडान भर्ने कार्यतालिका रहे पनि विमानस्थलमा पुगेका यात्रुहरु प्रतिकूल मौसमले गर्दा यात्रा रद्द गरी घर फर्कनुपरेको थियो ।

कतिपय यात्रुले फ्लाइट बुकिङ यथावत् राखी अनुकूल मौसम मिलेपछि यही साउन २३ श्रावणशुक्ल पूर्णिमाभित्र गोसाइँथान जान प्रतीक्षा गरिरहेका छन् । गोसाइँकुण्डमा गङ्गादशहरा र जनैपूर्णिमाबाहेक अन्य समयमा पनि यात्रुहरु हेलिकप्टर बुकिङ गरी आउने गरेका छन् ।

सम्बन्धित समाचार

सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर

रसुवा। धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पु¥याएपछि सवारी आवगमनमा अवरोध भएको छ ।  बन्द सडक खुलाउने कार्य तीब्ररुपमा भइरहेको र पहिला रोकिएका दर्जनौँ सवारी साधनलाई

नेपाल–चीन आवतजावत बन्द

रसुवा / रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण

रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक

रसुवा। टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ ।  सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की

रसुवाको टिमुरे पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो (अपडेट)

रसुवा।  विहिबार राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ ।  मृत्यु हुनेमा नुवाकोटकी