प्रतिकूल मौसमका कारण रसुवामा २० उडान रद्द

खरीबोट

 

रसुवा, ऋषितर्पणी वा रक्षाबन्धनमा गोसाइँकुण्डमा जाने तीर्थयात्री बोक्ने हेलिकप्टरहरु प्रतिकूल मौसमका कारण शुक्रबार त्यहाँ उडान भर्न सकेनन् ।

एअर डाइनेस्टी, हेलि अल्टिच्युड, हेलि एभरेष्ट, श्रीएअरलाइन्ससमेत कम्पनीका करिब २० उडान रद्द भएको डाइनेस्टीका उडान प्रबन्धक बालकृष्ण पण्डितले बताए । प्रतिउडान पाँच जनाको दरले उडान भर्ने कार्यतालिका रहे पनि विमानस्थलमा पुगेका यात्रुहरु प्रतिकूल मौसमले गर्दा यात्रा रद्द गरी घर फर्कनुपरेको थियो ।

कतिपय यात्रुले फ्लाइट बुकिङ यथावत् राखी अनुकूल मौसम मिलेपछि यही साउन २३ श्रावणशुक्ल पूर्णिमाभित्र गोसाइँथान जान प्रतीक्षा गरिरहेका छन् । गोसाइँकुण्डमा गङ्गादशहरा र जनैपूर्णिमाबाहेक अन्य समयमा पनि यात्रुहरु हेलिकप्टर बुकिङ गरी आउने गरेका छन् ।

सम्बन्धित समाचार

रसुवामा कांग्रेस विजयी, प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको जित 

काठमाडौँ ।  नेपाली कांग्रेसले रसुवाबाट दोस्रो जीत हात पारेको छ ।   मंसिर १० गते सम्पन्न पहिलो चरण अन्तर्गतको प्रतिनिधिसभामा नेपाली कांग्रेसका मोहन आचार्यले १४४५३ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम्

प्रदेश सभामा कांग्रेसको दोस्रो जित, रसुवा (क) मा विजयी 

रसुवा । रसुवा प्रदेशसभा (क) मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन् ।  उनले ६९७६ मत प्राप्त गर्दै नेकपा एमालेका कर्णेल लामालाई पाराजित गरे । कर्णेल लामाले ५१५२ मत प्राप्त

रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार २२ सय २४ मतले अगाडि

रसुवा / प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त

रसुवामा कांग्रेसका मोहन आचार्यको अग्रता कायमै

रसुवा । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्मको मतगणना परिणाम लोकतान्त्रिक वाम गठबन्धनका काँग्रेस उम्मेदवार मोहन आचार्यले ४ हजार ७७२ र