• २०८१ बैशाख ६ बिहीबार

नेविसंघमा विवाद, २४ घन्टे अल्टिमेटम दिदै ५ उपाध्यक्षको देउवालाई ध्यानआकर्षण  

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका ५ उपाध्यक्षले संघको नेतृत्वको विरोध गर्दै पार्टी सभापति देउवालाई २४ घन्टे अल्टिमेटमसहितको ध्यानआकर्षण पत्र बुझाएका छन् ।

नेविसंघका ५ उपाध्यक्ष प्रकाश राना, खड्क बहादुर डाँगी, उर्मिला थपलिया, नवीन राई र सागर परियारले हस्ताक्षर गरेको ध्यानआकर्षण पत्रमा तीन बुँदे माग राखेर २४ घण्टाको अल्टिमेटम दिइएको छ ।

सो पत्रमा नेविसंघको १२औ महाधिवेशनको वातावारण बनाउन मिति र स्थान तोक्न, नेविसंघका अध्यक्षले विधान र सहमति विपरित गरेका सम्पूर्ण निर्णयहरु खारेज गरी सहमतिका अधर्म सबै जिल्ला, विश्वविधालय र क्याम्पसहरुमा प्रतिनिधि खटाई विधिवत अधिवेशन गर्न र गत कार्तिक २८ गते प्रेस विज्ञप्ति मार्फत र पुष ९ गते सभापति शेरबहादुर देउवालाई बुझाएका मागहरु तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

साथै उनीहरुले नेविसंघलाई तानाशाही तरिकाले चलाएको आरोप लगाउदै तीन महिना भित्र गर्ने भनिएका ११ जिल्लाको अधिवेशन अहिलेसम्म हुन नसकेको भन्दै अध्यक्ष नयनसिंह महरको आलोचना गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको ध्यानआकर्षण पत्रमा २४ घण्टाभित्र यी मागहरु सम्बोधन नभए कडा आन्दोलनमा जाने र त्यसबाट उत्पन्न हुने प्रतिकुल अवास्थाको जिम्मेवारी स्वयम् सभापति देउवाले लिनुपर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै