नेविसंघमा विवाद, २४ घन्टे अल्टिमेटम दिदै ५ उपाध्यक्षको देउवालाई ध्यानआकर्षण  

खरीबोट
ad

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका ५ उपाध्यक्षले संघको नेतृत्वको विरोध गर्दै पार्टी सभापति देउवालाई २४ घन्टे अल्टिमेटमसहितको ध्यानआकर्षण पत्र बुझाएका छन् ।

नेविसंघका ५ उपाध्यक्ष प्रकाश राना, खड्क बहादुर डाँगी, उर्मिला थपलिया, नवीन राई र सागर परियारले हस्ताक्षर गरेको ध्यानआकर्षण पत्रमा तीन बुँदे माग राखेर २४ घण्टाको अल्टिमेटम दिइएको छ ।

सो पत्रमा नेविसंघको १२औ महाधिवेशनको वातावारण बनाउन मिति र स्थान तोक्न, नेविसंघका अध्यक्षले विधान र सहमति विपरित गरेका सम्पूर्ण निर्णयहरु खारेज गरी सहमतिका अधर्म सबै जिल्ला, विश्वविधालय र क्याम्पसहरुमा प्रतिनिधि खटाई विधिवत अधिवेशन गर्न र गत कार्तिक २८ गते प्रेस विज्ञप्ति मार्फत र पुष ९ गते सभापति शेरबहादुर देउवालाई बुझाएका मागहरु तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

साथै उनीहरुले नेविसंघलाई तानाशाही तरिकाले चलाएको आरोप लगाउदै तीन महिना भित्र गर्ने भनिएका ११ जिल्लाको अधिवेशन अहिलेसम्म हुन नसकेको भन्दै अध्यक्ष नयनसिंह महरको आलोचना गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको ध्यानआकर्षण पत्रमा २४ घण्टाभित्र यी मागहरु सम्बोधन नभए कडा आन्दोलनमा जाने र त्यसबाट उत्पन्न हुने प्रतिकुल अवास्थाको जिम्मेवारी स्वयम् सभापति देउवाले लिनुपर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छःदेउवा

काठमाडौँ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन  ।  सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई

सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो : महामन्त्री कोइराला

नगरकोट ।  नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो भएको बताएका छन् ।  समाजवाद अध्ययन केन्द्र, भक्तपुरद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले निर्वाचनमा

कम्युनिष्टले सपना बेचे काँग्रेसले यथार्थ बेच्न सकेन : सुरेन्द्र पाण्डे

काठमाडौँ । जनतासम्म विचार सिद्धान्त पुर्याउन नसकेको बताउदै काँग्रेस सांसद सुरेन्द्र पाण्डेले कम्युनिष्टले सपना बेच्न सफल  भएको र कंग्रेसले यथार्थ बेच्न नसकेको बताएका छन् । शनिबार सिम्जुङ्ग काठमाडौ सम्पर्क समितिले हिमचुली क्याफे म्यैपिमा

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन्  ।  काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको आज स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र एकता आवश्यक

Loading...

Loading...