• २०८१ बैशाख ५ बुधबार

ब्यानरमै विवाद गर्यौ, कसरी होला एकता ?

kharibot

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको विषय अहिले हरेक दिन चर्चाको विषय बनेको छ । दिन इने हुने बैठक, छलफल र नेताहरुका अभिव्यक्तिले एकतालाई कहिले अन्योल ट कहिले आजै हुन्छ की जस्तो बनिरहन्छ ।

दुई दलबीच केहि कुरा मिलेन की मिडियाका लागि पनि त्यो प्रमुख विषय बन्छ र नेताहरुपनि मिडिया बाजीमा उत्रिहल्छन् ।आइतबार पनि दुई दलको एकतामा आशंका बढाउने यस्तै घटना भयो । 

लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा दुई दलले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ब्यानरलाई लिएर विवाद भयो । कार्यक्रम बनाइएको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको पाएपछि माओवादी कार्यकर्ताले विरोध गरे ।

ओली र प्रचण्डबीच विवाद :

ब्यानरमा विवाद भएपछि सभागृह कै एक कोठामा दुई शिर्ष नेतासहितको छलफलमा प्रधानमन्त्री ओलीले पुरानै ब्यानरमा कार्यक्रम गर्ने अड्डी लिएको र प्रचण्डले नयाँ ब्यानर बनाउनु पर्ने बहने पछि दुई नेताबीचनै विवाद भएको बताइएको छ । यँहा सम्मकी ओलीले यहि ब्यानरमा कर्य्र्कम नभए आफु जाने बताएको माओवादी नेताहरुले बताएका छन् ।

प्रचण्डले भने गल्ति भएको थाहा पाएपछि त्यसलाई सच्याउनु पर्ने माग राखेका थिए । करिब २ घण्टाको गलफत्ती पछि माओवादीले ब्यानर राख्ने सहमति बनेको थियो ।

प्रचण्डले कार्यकर्तालाई सम्हाले : 

माओवादी कर्यकर्ताले विरोध गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्यानरमा सामान्य प्राविधिक त्रुटी भएको भन्दै कार्यकर्तालाई आश्वस्त पारेका थिए ।

उनले पार्टी एकताको तयारीमा व्यस्त हुँदा सामान्य प्राविधिक त्रुटी हुन पुगेको उल्लेख गर्दै यसबाट सिकेर अगाडी बढ्नु पर्ने बताएर कार्यकर्तालाई आस्वस्त पार्न खोजेका थिए ।

प्रचण्डले भने -'अलिकति खटपट हुनुलाई अविस्मरणीय परिघटनाका रूपमा लिनुपर्छ र यसबाट हामीले शिक्षा लिनुपर्छ,' प्रचण्डले भने, 'हामी पार्टी एकताका विषयमा यति व्यस्त भयौं कि यो कार्यक्रमको व्यवस्थापनको पक्षमा ध्यान दिनै सकेनौं, त्यसैले केही प्राविधिक त्रुटी देखिन पुग्यो ।'

ब्यानर दुई पार्टी एक कसरी हुन्छ ? 

त्यसपछि जुन दृश्य देखियो त्यो झन् एकता हेर्न लायक थियो । एक कार्यक्रममा दुई ब्यानर राखियो । माओवादी केन्द्रले अलग्गै ब्यानर राख्यो जसमा लेनिन, मार्क्सको तस्विर राखिएको थियो ।

दुई ब्यानर राखेर कार्यक्रम करिब ४ घण्टा ढिलो गरि सुरु भएको थियो । आम मानिसमा एकताको संदेश दिने कार्यक्रममा दुई ब्यानर राखे पछि कसरी एकताको संदेश गयो ? हामीले बुझेनौ, कार्यक्रममा सहभागी एमालेका एक जिल्ला स्तरीय कार्यकर्ताले खरिबोटलाई बताए । अहिले सत्ताको आडमा मात्र एकताको राग बाहिर ल्याइएको प्रष्ट देखियो, उनले भने ।

कार्यकर्ताको भावना र देशको भविष्यको लागि एकता गर्न दुवै दल सिरियस देखिएनन्, उनले भने । 

कार्यक्रमका बारेमा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले यसलाई जात्राको संज्ञा दिदै लेनिनले ब्रम्हाण्डको कुनै कुनाबाट यो जात्रा हेरिरहेको भए ? भन्ने टिप्पणी गरेका छन् ।

प्रचण्ड र ओलीले दिए एक हुने भाषण :

ढिलो गरि सुरु भएपनि कार्यक्रममा प्रचण्ड र ओलीले मात्र सम्बोधन गरेका थिए । प्रचण्डले एकताबाट भाग्ने छुट नभएको भन्दै जोशिलो भाषण दिएका थिए । 

उनले आफुहरु एकताबाट नभाग्ने भन्दै एकता सम्मानजनक, समानता र न्यायको आधारमा हुने भन्दै आफुले प्रधानमन्त्री ओलीसँग यसबारेमा कुरा गरिसकेको बताए । 

त्यसपछि सम्बोधन गरेका प्रधानमन्त्री ओलीले विगतका तितामिठा कुरा बिर्सेर एकता गर्नुपर्ने बताए । उनले विवाह गर्दा दुई परिवारको मिलन भएजस्तो पार्टी एकता भएको बताउदै एक भएपछि सबै कुरा मिल्ने बताए ।

एमाले र माओवादी केन्द्र मिल्दा जुल्दा पार्टी भएपनि नेता कार्यकर्ताको काम गर्ने शैली फरक भएका कारण एकता भइहाले पनि सजिलै दुई पार्टी एक भएर काम गर्ने सम्भावना कमै देखिन्छ । आइतबारको ब्यानर प्रकरणले पनि एकले अर्कोलाई पेल्ने र दबाउने खेल अहिले नै शुरु भएको देखिएको छ । एकताका विवाद आफ्नो ठाउमा भएपनि नयाँ नयाँ विवादले एकतालाई झन अन्योलपूर्ण बनाएको छ ।

सभागृहमा देखिएको विवादले एकता हुनेमा आशंका जन्माएको छ । विवाद जेजे भएपनि ‘सत्ता’ र ‘शक्ति’ बांडफांडमा ओली र प्रचण्डबीच कुरा मिले एकता हुने अन्यथा एकता भाडिन यस्तै यस्तै घटना काफी हुने छन् ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै