• २०८१ बैशाख ८ शनिबार

मोहमद सलाहले जिते प्रिमियर लिगको उत्कृष्ट खेलाडीको अवार्ड 

kharibot

काठमाडौँ । यस बर्षको प्रोफेशनल फुटबलर्स एसोशियसन (पिएफए) अवार्ड लिभरपुलका मोहमद सलाहले जितेका छन् ।

सलाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुनेलाई पराजित गर्दै सो अवार्ड जितेका हुन् ।

प्रिमियर लिगको यस सिजनमा लिभरपुलका लागि ३१ गोल गरेका सलाहले लिभरपुलका लागि यस सिजनमा कुल ४१ गोल गरेका छन् । सलाह यो अवार्ड जित्ने पहिलो इजिप्टका खेलाडी हुन् ।

२५ बर्षिय सलाहले २०१४ मा लुइस स्वरेजले प्रिमियर लिगमा लिभरपुलबाटै खेल्दै गरेको ३१ गोलको बराबरी गरेका छन् ।

यो अवार्ड पाएर आफुले सम्मानित महसुस गरेको भन्दै खेलाडीले नै भोट गरेर पाएको यो अवार्ड झन स्पेसल भएको उनेल बताए । सलाहले चेल्सीमा आफुले मौका नपाएको तर लिभरपुल आएर आफु आफ्नो क्षमता देखाउन सफल भएको बताए ।

सलाह २०१३-१४ र २०१४-१५ को सिजनमा चेल्सीबाट खेलेका थिए भने यसै सिजनमा इटालीको क्लब रोमाबाट लिभरपुलमा आएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै