• २०८१ बैशाख ८ शनिबार

मुम्बई इण्डियन्सलाई राजस्थानले हरायो, आर्चरले डेभ्यु खेलमा लिए ३ विकेट

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । 

गएराती भएको खेलमा मुम्बईले दिएको १६८ रन पछ्याएको राजस्थानले १९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेपछि खेल ३ विकेटले जितेको हो ।

राजस्थानको जितमा संजु सामसनले सर्वाधिक ५२ रन बनाएका थिए भने बेन स्टोक्सले ४० र कृष्णप्पा ग्वाथमले ११ बलमा ३३ रन बनाएका थिए । मुम्बईका बलर जस्प्रित बुम्राह र हार्दिक पाण्डेयले २-२ विकेट लिएका थिए । 

यसअघि मुम्बईले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ७२ रन बनाएका थिए भने इशान किशनले ५८ रनको पारी खेलेका थिए । त्यस्तै केरन पोलार्डले २० रन बनाएका थिए । राजस्थानका बलर जोफ्रा आर्चरले डेभ्यु खेलमा ३ विकेट लिएका थिए भने धवल कुलकर्नीले २ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच राजस्थानका जोफ्रा आर्चर बनेका छन् । २३ बर्षीय बार्बडोसका बलर आर्चरले आइपिएलको पहिलो खेलमा ४ ओभर बलिंग गर्दै २२ रन दिएर ३ विकेट लिएका थिए । आर्चर इङलिश काउन्टी क्रिकेट ससेक्सका लागि उत्कृष्ट प्रदर्शन गरेपछि राजस्थान रोयल्सले यस सिजनमा ल्याएको हो ।  

जितपछि राजस्थानले ६ खेलमा ३ मा जित र ३ मा हारसहित ६ अंक हासिल गरेको छ भने मुम्बई इण्डियन्सले ५ खेलमा १ जित र ४ हारसहित केबल २ अंक रहेको छ । 
आइपिएल अन्तर्गत आजको खेल दिल्ली डेयरडेभिल्स र किंग इलेभेन पंजावबीच हुने छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै