तीन हजार विद्यालय पुनःनिर्माण

खरीबोट
ad

काठमाडौँ । सरकारले भूकम्प गएको तीन वर्षमा तीन हजार ६ सय १३ विद्यालय पुनःनिर्माण गरेको छ । 

शिक्षा पत्रकार सञ्जाल इजोनले आज यहाँ आयोजना गरेको ‘भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणको प्रगति र अबको कार्ययोजना’ अन्तरक्रियामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा का योजना निर्देशक इमनारायण श्रेष्ठले तीन वर्षमा भूकम्पले क्षतिग्रस्त करिब नौ हजार विद्यालयमध्ये तीन हजार ६१३ मात्र निर्माण गर्न सकेको बताए । 

प्राधिकरणले तीन वर्ष सरकार, गैरसरकारी संस्था गैसस, निर्माण व्यवसायी र विद्यालय व्यवस्थापन समितिको सहयोगमा ती विद्यालय निर्माण गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त विद्यायल रु एक खर्ब तीन अर्बको लागतमा पुनःनिर्माण गरिएको हो । भूकम्पबाट क्षति पुगेका अझै करिब पाँच हजार ३०० विद्यालय पुनःनिर्माण हुन बाँकी छ । 

भूकम्प प्रभावित ३२ जिल्लाका सात हजार ९२३ विद्यालय क्षतिग्रस्त भएका थिए । तीमध्ये २१ हजार १६९ कक्षाकोठामा पूर्ण र १५ हजार ९९० कक्षाकोठामा आंशिक रुपमा क्षति पुगेका थियो । योजना निर्देशक श्रेष्ठका अनुसार एक हजार ७१९ विद्यालय निर्माणाधीन र ३२४ विद्यालय निर्माणको छनोट गरिएको छ । 

सरकारले विद्यालय व्यवस्थापन समिमिमार्फत दुई हजार ५६१, निर्माण व्यवसायीमार्फत दुई र गैरसरकारी संस्थामार्फत एक हजार ५० विद्यालय पुनःनिर्माण गरेको हो । केन्द्रीय कार्यान्वयन इकाई योजना निर्देशक श्रेष्ठले तोकिएको समयसीमाभित्र सम्पूर्ण विद्यालयको पुनःनिर्माण सम्भव नभएकाले समय बढाइएको बताए । 

उनले भूकम्प गएको एक वर्षसम्म नीतिगत काम गर्नुपर्ने भएकाले अर्को वर्षबाट मात्र काम भएको बताए । पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले विसं २०७६ असारसम्म चार हजार ६०० विद्यालय पुनःनिर्माण गरिसक्ने बताए । 

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले पुनःनिर्माणाको काम सुस्त गतिमा भएको स्वीकार गरे । विद्यालयको जग्गा प्राप्ति दक्ष जनशक्ति नहँुदा समयमा नै विद्यालयको निर्माण गर्न नसकिएको उनले बताए ।

सम्बन्धित समाचार

काष्ठमण्डप पुनःनिर्माणका लागि सुझाव लिइने

काठमाडौँ / सातौँ शताब्दीको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि विज्ञसँग सुझाव लिइने भएको छ ।  गत वैशाख ३१ गते क्षमापूजा गरी निर्माण शुभारम्भ गरिसकिएको भए तापनि पुनःनिर्माण सामग्री संकलन गर्ने क्रममा विज्ञको

सर्वोच्चको आदेश पछि क्रसर उद्योग बन्द हुँदा नुवाकोटमा पुनःनिर्माणमा समस्या

नुवाकोट / जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन सर्वोच्च अदालतले दिएको आदेशपछि प्रहरीले बिहीबारदेखि बन्द गराएको छ ।  जिल्लाभित्र क्रसर उद्योग अवैधरुपमा सञ्चालनमा रहेका र यसबाट वातावरणीय क्षति पुगेको भन्दै

धरहराको पुनःनिर्माण छिटो हुन्छ – मन्त्री अधिकारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताएका छन् ।  विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

काठमाडौँ । भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।  स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध र निजी आवास

Loading...

Loading...