• २०८१ बैशाख ८ शनिबार

क्यान्सर अस्पतालको सेवा विस्तारमा मन्त्री मगरको जोड

kharibot

रत्ननगर । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले क्यान्सर अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । 

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज आयोजित कार्यक्रममा उनले अस्पतालको क्षमता बढाएर शाखा विस्तार गरिनुपर्ने बताए । 

कञ्चनपुरबाट क्यान्सर जाँचका लागि आएका बिरामी भेट्न उहाँ आज क्यान्सर अस्पताल पुग्नुभएको थियो । अस्पतालको सेवा सबैको पहुँचमा पुर्याइनुपर्ने उनको भनाइ थियो । ‘क्यान्सरको समस्या देशैभरी छ, क्यान्सरको उपचारका लागि सबै क्षेत्रमा शाखा खोल्नुपर्छ”–उहाँले भन्नुभयो, “क्यान्सरको सेवा सबैको पहुँचमा पनि पु¥याउनुपर्छ ।’

गरिबी र अशिक्षाका कारण ग्रामीण क्षेत्रका महिलामा स्तन तथा पाठेघरको मुखको क्यान्सर बढी भएको भन्दै मन्त्री मगरले यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए । 

मन्त्री मगरको पहल तथा क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा गत चैत १८ गतेदेखि २१ गतेसम्म कञ्चनपुरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर भएको थियो । शिविरमा झन्डै दुई हजार महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । क्यान्सरको आशंका गरिएका १४ महिलालाई थप उपचारका लागि चितवनस्थित क्यान्सर अस्पताल ल्याइएको थियो । 

अस्पतालका क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानाङ्गले १४ जनामध्ये चारजनाको पाठेघरको मुखमा मासु पलाएको, चारको पाठेघरमा घाउ भएको र छजनाको पाठेघर खसेको प्रारम्भिक परीक्षणमा देखिएको बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै