• २०८१ बैशाख ६ बिहीबार

घरेलु मैदानमा वेस्टह्यामविरुद्ध आर्सनलको सहज जित 

kharibot

काठमाडौँ । आर्सनलका म्यानेजर आर्सन वेंगरले क्लब छोड्ने घोषणा गरेपछिको पहिलो खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ ।

इङलिश प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा आर्सनलले आफ्नो घरेलु मैदानमा वेस्टह्यामविरुद्ध ४-१ को सहज जित निकालेको छ ।

पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कुल ५ गोल भएका थिए ।

आर्सनलको जितमा एलेक्सनड्रे लाकजेटले दुई गोल गरे भने एरोन रामसी र नाचो मोनरियलले एक एक गोल गरेका थिए । वेस्टह्यामका लागि एक गोल अर्नाउटोभिकले गरेका थिए ।

जितपछि आर्सनल ३४ खेलमा ५७ अंकसहित लिगको छैठौ स्थानमा रहेको छ भने वेस्टह्याम भने ३४ खेलमा ३५ अंकसहित लिगको १५औ स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै