• २०८१ बैशाख १४ शुक्रबार

जित नजिक पुगेर हार्यो हैदरावाद, शिर्ष स्थानमा पुग्यो चेन्नई  

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत आइतबारको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको छ ।

चेन्नईले दिएको १८४ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएपछि खेल ४ रनले हारेको छ ।

हैदरावादका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८४ रन बनाए बहने युसुफ पठानले ४५ रन बनाएका थिए । त्यस्तै सकिब अल हसनले २४ रन रासिद खानले १७ रन बनाएका थिए ।

चेन्नईका लागि दिपक चहरले ३ विकेट लिए भने डिजे ब्राभो, करण शर्मा र सर्दुल ठाकुरले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले ३ विकेट गुमाउदै १८२ रन बनाएको थियो । चेन्नईको पारीमा अम्बाती रायडूले सर्वाधिक ७९ रन बनाएका थिए । रायडुले ३७ बलमा ४ छक्का र ९ चौकाको मद्धतले ७९ रन बनाएका थिए । त्यस्तै सुरेश रैनाले ५४ रन नट आउट बनाएका थिए भने महेन्द्र सिंह धोनीले १२ बलमा २५ रन हानेका थिए ।

हैदरावादका लागि भुवनेश्वर कुमार र रसिद खानले एक एक विकेट लिएका थिए ।

जितसँगै चेन्नई सुपर किंग्स अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । चेन्नईले ५ खेलमा ४ खेलमा जित हासिल गर्दै ८ अंक सहित शिर्ष स्थानमा पुगेको छ भने हैदरावाद ६ खेलमा ३ मा जित र दुइमा हार बेहोर्दै ६ अंकसहित अंक तालिकामा चौथो स्थानमा रहेको छ ।   

दिपक चहरको विकेट मेडन ओभर : 

यस खेलमा चेन्नईका बलर दिपक चहरले मेडन विकेट ओभर फालेका छन् ।

यस आइपिलको यो पहिलो विकेट मेडन ओभर हो । चहरले पहिलो ओभर मेडन फाल्दै हैदरावादका ओपनर रिक्की भुइलाई शेन वाटशनको हातमा क्याच गराएका थिए ।
चहरले यस आइपिएलको दोस्रो मेडन ओभर फालेपानी विकेट मेडन ओभर भने यो पहिलो हो । 

यस आइपिएलको मेडन ओभर दिल्लीका तेरेन्ट बोल्टले कोलकोता विरुद्धको खेलमा पहिलो ओभर मेडन फालेका थिए ।

यस खेलमा चहरले ४ ओभरमा एक ओभर मेडन फाल्दै १५ रन दिएर ३ विकेट लिएका छन् । चहरले रिक्की भुइ र मनिष पाण्डेलाई शुन्य रनमा र दिपक हुद्दालाई १ रनमा आउट गरेका थिए ।  

२५ बर्षिय चहर भारतको उत्तर प्रदेशका बलर हुन् । फर्स्ट क्लास क्रिकेटमा चहरले ४० खेलमा ११३ विकेट लिएका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै