• २०८१ बैशाख ११ मंगलबार

तपाईहरुले थाहा नभएको दिन पार्टी एकताको घोषणा हुन्छ – प्रचण्ड 

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले एमाले-माओवादी केन्द्रबीच सम्मानजनक, समानता, न्यायोचित आधारमा एकता हुने बताएका छन् ।  

लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै प्रचण्डले शनिबार प्रधानमन्त्री ओली र आफूबीच भएको छलफलबाट दुई पार्टी एकताका विषयमा समझदारी भएको भन्दै सम्मानजनक, समानता, न्यायोचित आधारमा एकता हुने बताएका छन् । 

प्रचण्डले पार्टी एकताको प्रक्रियाबाट अब आफु र प्रधानमन्त्री ओली पछाडी पर्किने ठाउ नभएको भन्दै अब एकतालाई अब कसैले रोक्न नसक्ने बताए । 

चुनावअघि पार्टी एकताको निर्णय सरप्राइज भएको भन्दै सरप्राइजले गर्दा नै एकताको प्रकिया अगाडी बढ्ने बताए । बैशाख ९ गते पार्टी एकता गर्ने आधिकारिक निर्णय नगरे पनि मिडियामा बैशाख ९ मा नै एकता हुने आएको बताउदै समय लिएर एकता हुने बताए ।

अहिले एमाले र माओवादी केन्द्रलाई उचाल्ने र एक अर्कालाई एक हुन् नदिन अनेक खेल भएको भन्दै यसबाट आफुहरु दायाँबाँया नहुने प्रतिबद्धता जनाए ।

अहिले जनताले सत्तामा पुर्याएको भन्दै प्रतिपक्षलाई समेत साथ लिएर देश विकासको काममा अगाडी बढ्ने बताए । 

प्रचण्डले कार्यकर्ताहरुलाई पनि संयम भएर जिम्मेवारी बोध गरेर अगाडी बढ्ने संकल्प गर्न अपिल गरे । आफ्नो सम्बोधनको अन्त्य गर्दै प्रचण्डले तपाईहरुले थाहा नभएको दिन पार्टी एकताको घोषणा हुने बताए ।   

ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको पाएपछि माओवादी कार्यकर्ताले विरोध :

एमाले-माओवादीद्वारा संयुक्तरूपमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम बनाइएको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको पाए पछि माओवादी कार्यकर्ताले विरोध गरेका छन् । 

माओवादी कर्यकर्ताले विरोध गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्यानरमा सामान्य प्राविधिक त्रुटी भएको भन्दै कार्यकर्तालाई आश्वस्त पारेका थिए ।

उनले पार्टी एकताको तयारीमा व्यस्त हुँदा सामान्य प्राविधिक त्रुटी हुन पुगेको उल्लेख गर्दै यसबाट सिकेर अगाडी बढ्नु पर्ने बताएर कार्यकर्तालाई आस्वस्त पार्न खोजेका थिए ।

प्रचण्डले भने -'अलिकति खटपट हुनुलाई अविस्मरणीय परिघटनाका रूपमा लिनुपर्छ र यसबाट हामीले शिक्षा लिनुपर्छ,' प्रचण्डले भने, 'हामी पार्टी एकताका विषयमा यति व्यस्त भयौं कि यो कार्यक्रमको व्यवस्थापनको पक्षमा ध्यान दिनै सकेनौं, त्यसैले केही प्राविधिक त्रुटी देखिन पुग्यो ।'

कार्यक्रममा राखिएको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको भन्दै माओवादी कार्यकर्ताले विरोध जनाएपछि कार्यक्रम शुरु हुन ढिलो भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै