• २०८१ बैशाख १४ शुक्रबार

सुपर मोडल मिलिंद सोमनले गरे १८ बर्षिय प्रेमिका अंकितासँग विवाह 

kharibot

मुम्बई । आफु भन्दा ३४ बर्ष कम उमेरकी युवतीसँगको प्रेमका कारण चर्चामा आएका बलिवुडका सुपर मोडल एवं अभिनेता मिलिंद सोमनले १८ बर्षिय युवती अंकिता कोनवरसँग विवाह गरेका छन् ।

दुवैले परम्परागत तरिकाले विवाह गरेका हुन् । अंकित आछामकी हुन् भने मिलिंद महाराष्ट्रका हुन् । भारतीय मिडियाले दुवैले दुवै तिरको परम्परा अनुसार विवाह गरेको उल्लेख गरेका छन् ।

केहि दिन अघि दुवैले सामाजिक संजालमा हातमा इन्गेजमेन्ट औठी लगाएको तस्विर सार्वजनिक गरेपछि अहिले उनीहरुले विवाह गरेको तस्बीर सार्वजनिक भएको छ । 

मिलिंद सुपर मोडल तथा अभिनेता मिलिंद केहिमहिना देखि १८ बर्षिय युवती अंकिता कोनवरसँग रोमान्स गर्दै आएका थिए । 

गत नोभेम्बरमा अंकिता कोनवरले मिलिंदसँगका छुट्टीमा विताएका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि मिलिंद र अंकिताको प्रेम सम्बन्धको चर्चा चलेको थियो । 

समाजिक सञ्जालमा त मिलिंद र अंकिताको उमेर अन्तरलाई लिएर मजाक नै बनाइएको थियो । दुवैमा ३४ बर्षको उमेर अन्तरका कारण पनि यो जोडी अहिलेपनि चर्चामा रहेको छ ।

केहि महिना अघि मिलिंदले आफुभन्दा धेरै कम उमेरकी युवतीसँग प्रेममा परेको आफै खुलासा गरेका थिए । अंकित एयर होस्टेज भएको बताइएको छ । मिलिंदले सामाजिक सञ्जालमा आफ्नो प्रेमको खुलासा गर्दै सम्बन्ध दुई व्यक्तिविच हुने हुनाले उमेरले यसमा केहि नगर्ने उल्लेख गरेका थिए ।

पछिल्लो पटक सैफ अलि खानसँग फिल्म ‘सेफ’ मा देखिएका मिलिंद संसारभर एक मोडल र फिट मोडलको रुपमा चिनिन्छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै