• २०८१ बैशाख १२ बुधबार

नेप्से १४ सय अंक माथि, ५० अंकको उच्च वृद्धिपछि कारोबार अर्ब नाघ्यो

kharibot

काठमाडौं । नेप्से १४ सय अंकबाट माथि चढेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ५० दशमलव १८ अंकले बढेर १४ सय ३८ दशमलव ४९ विन्दुमा चढ्दा सेन्सिटिभ १० दशमलव आठ अंकले बढेर तीन सय चार दशमलव ११ विन्दुमा चढेको छ ।

नेप्सेमा आज कुल एक सय ६७ कम्पनीहरुको १२ हजार पाँच सय ४८ वटा कारोबारमा २८ लाख ८९ हजार नौ सय ४३ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २३ करोड पाँच लाख तीन हजार एक सय ८० रुपैयाँ पुगेको छ ।

आज नौ वटा समूहको कारोबार भएकोमा सबै सूचक बढ्दा नेप्सेमा पूरै हरियाली छाएको छ । सबैभन्दा उच्च अंकले बढेको बीमा समूहको सूचक तीन दशमलव ५२ दशमलव ९९ अंकले बढेर सात हजार तीन सय ६६ दशमलव ३२ विन्दुमा चढ्दा २९ करोड ९१ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी वाणिज्य बैंक समूहको सूचक पनि ३९ दशमलव ३१ अंकले बढेर १२ सय ४४ दशमलव ९८ विन्दुमा चढ्दा ४५ करोड २९ लाख ९३ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । विकास बैंक समूहको सूचक ६१ दशमलव ६६ अंकले बढेर १६ सय ८९ दशमलव ३७ विन्दुमा चढ्दा सात करोड ३८ लाख ३९ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आज जलबिद्युत समूहको सूचक पनि ८९ दशमलव ८८ अंकले बढेर १७ सय ९९ दशमलव सात विन्दुमा चढ्दा १० करोड ५५ लाख ५९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक फाईनान्स, होटल, उत्पादनमूलक, अन्य र लघुवित्त समूहको सूचकमा पनि उल्लेख्यरुपमा सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको अरुण कावेली पावर कम्पनीको सेयर मूल्य १० रुपैयाँले बढेर तीन सय ३० रुपैयाँमा कारोबार भएको छ भने रिडी हाईड्रो पावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ३५ पैसाले घटेर एक सय ४४ रुपैयाँमा सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको कुमारी बैंकको प्रतिकित्ता दुई सय ८७ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ३९ लाख ३५ हजार १० रुपैयाँको सेयर कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ प्रतिकित्ता १३ हजार चार सय ६९ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ४० लाख ७२ हजार चार सय २९ रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै