• २०८१ बैशाख १३ बिहीबार

भोलि १३ अर्ब ५० करोडको ट्रेजरी बिक्री गर्देै राष्ट्र बैंक

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १३ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जारी मिति वैशाख ११ गते तोकेर उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

बिक्री गरिने कुल टे«जरीमध्येमा २८ दिने अवधिको तीन अर्ब, ९१ दिने अवधिको पाँच अब ५० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार सोमध्ये २८ दिने अवधिको परिपक्व २०७५ जेठ ८ गते रहेको छ भने ९१ दिने अवधिको परिपक्व मिति २०७५ साउन आठ गते रहेको छ । एक सय दिने अवधिको टे«जरीको परिपक्व मिती भने २०७५ कात्र्तिक छ गते रहेको छ । 

राष्ट्र बैंकले यही वैशाख ३ गते पनि ९१ दिने अवधिको तीन अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँ समेत गरी कुल पाँच अर्ब २५ करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै