• २०८१ बैशाख ११ मंगलबार

देशका सम्पूर्ण कम्युनिष्टलाई एकठाउमा आउन प्रचण्डको अपिल 

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपील गरेका छन् । 

लेनिनको १४८ औैं जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा एक व्यक्तव्य जारि गर्दै प्रचण्डले एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपील गरेका हुन् ।

प्रचण्डले जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौं वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको उल्लेख गर्दै गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको मुख्य अभिभारा भएको बताएका छन् ।

स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरि देश अहिले स्थिरता, सुशासन र विकासको व्यवहारिक अभ्यासको चरणमा रहेको बताउदै यो नै समाजवाद उन्मुख संविधान कार्यान्वयनको पहिलो खुट्किलो भएको उल्लेख गरेका छन् । 

लेनिनको जन्म जयन्तीको अवसर पारेर आजभन्दा ६९ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो भन्दै वर्ग–संघर्ष र विचारधारात्मक संघर्षको लामो श्रृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभवहरु हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको प्रचण्डले उल्लेख गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै