• २०८१ बैशाख १२ बुधबार

महोत्तरीको रामनगर जंगलबाट लाखौँको लुटपाट

kharibot

महोत्तरी ।  महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलबाट लाखौँ रुपैयाँ लुटिएको छ । 

शनिबार बेलुकी गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा अज्ञात समूहले नगद रु नौ लाख र एकथान मोबाइल लुटेको छ । 

बर्दिवासस्थित सूर्य नेपाल डिलरका कर्मचारीले बजारमा संकलन गरेको रु नौ लाख नगद र एक थान मोबाइल अज्ञात समूहले लुटपाट गरेको हो । 

जिल्लाको औरही, गौशालालगायतका बजारबाट पैसा संकलन गरी ज१च ८९९ नंको बोलेरोमार्फत साँझको समयमा बर्दिवासतर्फ जाँदै गरेको अवस्थामा बीच जंगलमा पुगेपछि सो लुटपाट भएको सशस्त्र प्रहरी बेसक्याम्प रामनगरले जनाएको छ । 

सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइरालाले दिएको जानकारीअनुसार सूर्य नेपालको बर्दिवासस्थित डिलरबाट खटिएका कर्मचारी उद्धव पराजुलीसँग मोटरसाइकलमा आएका केही अपरिचित समूहले गाडी रोकी लुटपाट गरेको हो । 

यता घटनाको सम्बन्धमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कोइरालाले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै