• २०८१ बैशाख १३ बिहीबार

कोलकोतालाई हराउदै किंग्स इलेभेन पंजाव शिर्ष स्थानमा 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत किंग्स इलेभेन पंजावले कोलकोता नाइटराइडर्सलाई ९ विकेटले पराजित गरेको छ । 

शनिबार वर्षाबाट प्रभावित भएको खेलमा पंजावले कोलकोतालाई डकवर्थ लुइस नियम अनुसार ९ विकेटले पराजित गरेको हो । बर्षाबाट प्रभावित खेलमा पन्जावलाई दिएको १३ ओभरमा १२५ रनको लक्ष्य ११.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पन्जावका लागि क्रिस गेलले ६२ रन नटआउट बनाएका थिए भने केएल राहुलले ६० रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले ७ विकेट गुमाउदै १९१ रन बनाएको थियो । कोलकोताका लागि क्रिस लिनले ७४ र कप्तान दिनेश कार्तिकले ४३ रन बनाएका थिए । त्यस्तै रोबिन उथाप्पाले ३४ रन बनाएका थिए ।

पंजावका बलर बरिंदर शरन र एन्ड्रीउ टायले २-२ विकेट लिएका थिए ।  

जितपछि पंजाव ५ खेलमा ८ अंकसहित अंकतालिकामा शिर्ष स्थानमा रहेको छ भने कोलकोता ६ खेलमा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै