• २०८१ बैशाख ८ शनिबार

साताको सेयर : कारोवार रकममा ३८.४६ प्रतिसतको बृद्धि, १८१ कम्पनीहरुको चार अर्ब आठ करोडको सेयर किनबेच

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८१ कम्पनीहरुको कारोबार भएको छ । 

जस अनुसार ४४ हजार एक सय ५० कारोबारबाट चार अर्ब आठ करोड ८७ लाख ५७ हजार रुपैयाँ बराबरका ८८ लाख ५९ हजार चार सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३८ दसमलव ४६ प्रतिशत बढि हो । 

गत साता एक सय ८३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३६ हजार सात सय पाँच वटा कारोबारबाट दुई अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरका ८१ लाख ९८ हजार नौ सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक सय आठ दसमलव १६ अंकले बढेर अन्तिम दिन १३ सय ८८ दसमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २१ दसमलव पाँच अंकले  बढेर दुई सय ९४ दसमलव तीन अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम १२ करोड ४२ लाख रुपैयाँको आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्याचार लाख २४ हजार कित्ताको आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या १७९७ वटाको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीकरण तर्फ भने यो साता तीन वटा संस्थाको ऋणपत्र सुचीकरण भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै