• २०८१ बैशाख १४ शुक्रबार

मेरो परिवार र म ! (कविता)

kharibot

छोरी भन्छे,
बाबा म बन्दुक बोक्छु
म भन्छु नानी कलम बोक 
छोरा भन्छ,
म पर्खाल बनाउछु
म कपिमा चित्र बनाउ भन्छु
बा,
भन्छ्न सार्है चेप्यो दमले
बेस्करी खोक्छु
म भन्छु 
हल्ला नगर्नु ,आवाज ननिकाल्नु
अरु ले के भन्छ्न ?
आमा भन्छिन चोली फेर्छु 
म भन्छु 
छिमेकी ले माया गरिरहेकै छ्न त ?
प्यारी भन्छिन पार्लर जान्छु 
म भन्छु 
धेरै सिङ्गारिनु पर्दैन ।
यसरी आकङ्क्षा सपना गुम्स्याएर
सबैलाइ कोचिरहेकै छु घर भित्र 
अहिले सम्म त ।
तर 
कुनै दिन मेरो घर को धुरीबाट 
धुवाँको मुस्लो निस्किरहेको देख्यौ भने
सोच्नु 
मेरी आमाका आखा बाट 
सधै जस्तो आज आशु झरेन
निस्क्यो क्रोध को ज्वाला 

र डढाउन थाल्यो घर 
उडेर झिल्का पुग्न सक्छ 
टाढा टाढा सम्म पनि 
र त्यो बेला झिल्का कै 
पछाडी दौडनु मेरो 
कर्तब्य हुनेछ ।।
किनकी 
मैले असल आमाको 
कर्तव्यनिष्ठ छोरो बन्नु छ
।।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै