बार्सिलोनाका पुर्व म्यानेजर लुइस इनरिक आर्सनल जाने !

खरीबोट

काठमाडौँ । प्रिमियर लिग क्लब आर्सनलबाट आर्सन वेंगरले छोडेपछि नयाँ म्यानेजरको खोजि सुरु भएको छ । 

आर्सनलको नयाँ म्यानेजरमा अहिले बार्सिलोनाका पुर्वम्यानेजर लुइस इनरिकको नाम सबैभन्दा अगाडी रहेको छ ।

इनरिक र आर्सनलका शिर्ष अधिकारीहरु बीच कुराकानी भइसकेको र वेंगरको ठाउमा इनरिक आउने डेलीमेलले लेखेको छ ।

गतबर्ष बार्सिलोनाको म्यानेजरबाट राजीनामा दिएपछि उनि अहिले कुनै क्लबमा आवद्ध रहेका छैनन् । ४७ बर्षिय इनरिकलाई आर्सनल ल्याउने पहल आर्सनलका नयाँ फुटबल निर्देशक राउल सन्लेहीले गरेका हुन् जसको इनरिकसँग पुरानो र राम्रो सम्बन्ध रहेको बताइएको छ ।

पप ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई बदलेपछि आर्सनलले इनरिकलाई ल्याएर प्रिमियर लिगमा  स्पेनिस फुटबलको फ्लेबर दिन खोजेको देखिन्छ । खास गरि बार्सिलोनाको खेल्ने तरिका अहिले सिटीले फलो गरेपछि सफलता हासिल गरेपछि आर्सनल पनि सोहि बाटोमा जान खोजेको देखिएको छ ।

आर्सनलमा वेंगर भने प्याट्रिक भिएरालाई ल्याउन चाहन्छन जो हाल न्युयोर्क सिटीको म्यानेजर छन् ।

तर तिन बर्षको अवधिमा इनरिकले बार्सिलोनामा पाएको सफलताले उनि आर्सनलको पहिलो रोजाईमा रहेका छन् । बार्सिलोनामा इनरिकको तीन बर्षको अवधिमा ९ उपाधि जितेको थियो । जसमा दुई ला लिगा, तीन कोपा, एक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युइएफए सुपर कप, सुपरकोपाको उपाधि थिए ।

रियल म्याड्रिड र बार्सिलोनाका पुर्व खेलाडी समेत रहेका इनरिकले  बार्सिलोनाका लागि १८१ खेलमा म्यानेजर बन्दै १३८ खेलमा जित, २२ खेलमा बराबरी र २१ खेलमा मात्र हार बेहोरेका थिए । यसअघि उनि बार्सिलोनाको बि टिमको म्यानेजर हुदै रोमा र सेल्टाको पनि म्यानेजर बनेका थिए ।
   
 

सम्बन्धित समाचार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात, आर्सनलमाथि २-० को जित 

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सुखद सुरुवात गरेको छ।  गएराती भएको खेलमा सिटीले आर्सनललाई २-० ले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।  सिटीको जितमा रहिम स्टरलिङ र बेर्नान्डो

चेल्सीविरुद्ध आर्सनल पेनाल्टी सुटआउटमा विजयी 

काठमाडौँ।  इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत आर्सनलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।  गएराती  भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।

इन्टरनेशनल च्याम्पियन्स कप : पिएसजीमाथि आर्सनलको शानदार जित

काठमाडौँ।  इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको छ।  शनिबार भएको खेलमा आर्सनलले पिएसजीलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।  आर्सनलको जितमा अलेक्जेन्डर लाकाजेटेले २ गोल गरेका थिए भने

बार्सिलोनाका पुर्वप्रशिक्षक लुइस इनरिक स्पेनको प्रशिक्षकमा नियुक्त 

काठमाडौँ । बार्सिलोनाका पुर्वप्रशिक्षक लुइस इनरिक स्पेन राष्ट्रिय फुटबल टिमको नयाँ म्यानेजर बनेका छन् ।  इनरिक २ बर्षका लागि स्पेनको म्यानेजरमा नियुक्त भएका हुन् । गत बर्ष बार्सिलोनाबाट राजीनामा दिएका इनरिक