• २०८१ बैशाख १२ बुधबार

छोराछोरी सामुदायिकमै पढाउनुस्ः शिक्षामन्त्री पोखरेल

kharibot

बर्दिवास ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आपूm कार्यरत विद्यालयमै आफ्ना छोराछोरीलाई भर्ना गर्न अनुरोध गरेका छन् ।  

महोत्तरी, भङ्गाहा नगरपालिका–४ थारुटोल वनरास्थित जनता आधारभूत बिद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सो विद्यालयका प्रधानाध्यापक कैलाश चौधरीसहित सबै शिक्षकसँग मन्त्री पोखरेलले यस्तो अनुरोध गरेका हुन् ।

पछिल्ला केही दशकयता सामुदायिक विद्यालयको शाख गिरेको अवस्था स्वीकार्दै त्यसलाई सुधार्ने मुख्य जिम्मेवारी शिक्षकले नै लिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो । 

“शिक्षकका छोराछोरी बोर्डिङ स्कूलमा पढ्ने भएपछि आम जनताले सामुदायिक बिद्यालयमा पठनपाठन हुन्छ भन्ने कसरी विश्वास गर्ने”, मन्त्री पोखरेलले भने, “यसले शिक्षकको मर्यादा र पेशाप्रति पनि नकारात्मक धारणा बनेको छ, यसलाई सुधार्न शिक्षकले पहिलो पहलकदमी लिनुपर्छ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै