• २०८१ बैशाख ६ बिहीबार

सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो साधारण सभा सम्पन्न

kharibot

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष प्रदिपजंग पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, २०६३/०६४ देखि २०७३/२०७४ सम्मको वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै साधारणसभाले जारी पुंजीको ३० प्रतिशतले हुने ७५ करोड बराबरको सेयर सर्वसाधारणका लागि नियमनकारी निकायबाट स्वीकृति लिएर जारी गर्ने निर्णय गरेको छ ।

साधारणसभामा कम्पनिका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नेपालमै पहिलो पटक आफ्नै जीवनमा दुई गुणा विमांक तथा बोनस भुक्तानी हुने 'बाचुन्जेलको साथी, एउटै बीमा काफी'भन्ने नाराका साथ जीवन सारथी बीमा योजना ल्याएको जानकारी गराएका थिए । पौडेलले यस आर्थिक बर्षको अन्त्यसम्म कम्पनिको व्यावसायिक संजाल चालिस स्थानमा पुर्याइने र सर्वसाधारणको पहुँचमा जीवन बीमा पुर्याउने लक्ष्य बारे जानकारी गराएका थिए ।

त्यस्तै साधारणसभाले सेयरधनीका तर्फबाट ५ जना संचालक, प्रदीपजंग पाण्डे, सुमितकुमार अग्रवाल, अनोज रिमाल, महेश स्वाँर र मनोज कार्की तथा स्वतन्त्र व्यावसायिक संचालकमा इन्द्रप्रसाद कर्मचार्यलाई नियुक्ति गरेको छ । 

यसैगरि साधारणसभा लगत्तै बसेको नवनिर्वाचित संचालक समितिको बैठकले प्रदिपजंग पाण्डेलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै