• २०८१ बैशाख ६ बिहीबार

मेयर शाक्यको अध्यक्षतामा काठमाडौँ महानगरले गर्यो शिक्षा समिति गठन

kharibot

काठमाडौँ  ।  काठमाडौँ महानगरपलिकाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन भएको छ । 

माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई व्यवस्थित रुपमा विद्यालय सञ्चालन गर्नका लागि समिति गठन गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । 

समितिका सदस्यमा कामपाको उपप्रमुख हरिप्रभा खड्की र वडाध्यक्षसहित ११ जना रहेका छन् । 

उनका अनुसार उक्त समितिले शिक्षासँग सम्बन्धित सबैखालका नीतिगत निर्णय गर्नेछ । कामपाभित्रका विद्यालय सञ्चालनको अवस्थाबारे जानकारी लिने, आवश्यक परेमा विद्यालय गाभ्ने, खारेज गर्ने कक्षा थप गर्न दिने नदिनेजस्ता कार्य गर्ने छ । 

यसैबीच समितिको पहिलो बैठकले संस्थागत विद्यालयमा अध्ययनरत गरीब, जेहेन्दार तथा शहीदका छोराछोरीलाई छात्रवृत्ति दिने काम सम्बन्धित वडा कार्यालयबाट हुने जनाएको छ । 

समितिको नियमावलीमा भनिएको छ, विद्यालयका प्रधानाध्यापक विद्यालयका व्यवस्थापनप्रति, व्यवस्थापन शिक्षा समितिप्रति र शिक्षा समिति नगर कार्यपालिकाको मातहतमा रहेर काम गर्नुपर्ने भनिएको छ । 

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरूप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ । हाल कामपामा १०० सामुदायिक विद्यालय र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन्, जसमा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै